फागुन ११ काठमाडौ – भाेलिकाे प्रतिनिधि सभामा एमसीसी सम्झौता माथि छलफल गर्ने कार्यसुचि परे संगै अहिले देशभर एमसीसी विरुद्ध विराेध प्रदर्शन भइरहेको छ।

नेत्र विक्रम चन्द `विप्लव´ नेतृत्वकाे नेकपा सहित विभिन्न दलहरु, माेर्चा र भातृ संगठनहरुले देशका सातवटै प्रदेशमा एकैसाथ विराेध स्वरुप राँके जुलुस सहित प्रदर्शन गरिरहेका छन।

अखिल क्रान्तिकारिद्वारा कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने सांसदको घरमा एमसीसीकाे विपक्षमा मतदान गर्न सांसदहरुलाई चेतावनी दिदै कञ्चनपुरबाट प्रतिनिधित्व गर्ने निर्वाचित सांसद प्रतिनिधि सभा सदस्य निरु देवी पाल र दीपक प्रकाश भट्टको घरमा एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न चेतावनी सहिद विरोध स्वरूप कालो ब्यानर समेत लगाएकाे नेकपाले जनाएको छ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार