मंसिर १२, जाजरकोट – जाजरकोटमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५ पुगेको छ भने घाइते हुनेहरुको संख्या २७ पुगेको जाजरकोटका डीएसपी मधुकुमार थापाले जानकारी दिएका छन ।
उनका अनुसार दुर्घटनामा परि घाइते हुने सबैको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।
नेपालगन्जदेखि जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको रात्रि बस राति साढे २ बजेतिर कुदु बराहचौक नजिक दुर्घटना भएको हो । घटनाको थप विवरण आउन बाँकी छ जिल्ला प्रहरीले कार्यालय जाजरकोटले जानकारी दिएको छ ।