काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी कारागारबाट रिहा भएका छन्। उनी बिहीबार बिहान काठमाडौंस्थित डिल्लीबजार कारागारबाट मुक्त भएका हुन्।

६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने कानुनी सुविधाअनुसार रायमाझी रिहा भएका हुन्। उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो।

रायमाझीले दिएको निवेदनका आधारमा अदालतले ज्येष्ठ नागरिकसम्बन्धी कानुनी व्यवस्थाअनुसार कैदमुक्त गर्न संशोधित कैदीपुर्जी जारी गरेको थियो।

तिहारअघि नै प्राप्त उक्त संशोधित कैदीपुर्जीका आधारमा रायमाझीलाई थुनामुक्त गरिएको डिल्लीबजार कारागार कार्यालयले जनाएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भई सजाय भुक्तान गरिरहेका रायमाझी ज्येष्ठ नागरिकको उमेरसम्बन्धी सुविधाका आधारमा रिहा भएका हुन्।

प्रकाशित मिति : २०८३ कार्तिक २७ गते बिहिवार