१२ असोज २०८३, सोमवार

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपहिरोमा परी बेपत्ता भई ज्यान गुमाउनुभएका सल्यान, कुमाख गाउँपालिका–३, गुरदासेका ७ जना मृतकका परिवारलाई आज घरमै पुगेर रु. ५०,००० आर्थिक सहयोग हस्तान्तरण गरिएको छ। पीडित परिवारमध्ये पारिवारिक अवस्था नाजुक भएका परिवारलाई आवश्यकता हेरी सहयोग रकम हस्तान्तरण गरिएको हो।

मृतक गणेश रानाकी श्रीमती खिमा राना — रु. ८,००० मृतक नन्दराम रानाका अंकल हुर्मत राना — रु. ८,००० मृतक चित्रबहादुर रानाकी दिदी दिपा राना — रु. ८,००० मृतक दुर्गाबहादुर रानाकी श्रीमती सेते राना — रु. ६,५०० मृतक नवीन रानाकी आमा गौरी राना — रु. ६,५०० मृतक निमप्रकाश रानाकी श्रीमती पार्वती राना — रु. ६,५०० मृतक झ्यासे रानाका छोरा वीरबहादुर राना — रु. ६,५०० सहयोग गरिएको हो ।

यस आर्थिक सहयोग अभियानअन्तर्गत कुमाख गाउँपालिकाभित्रका बु.ज.क. माध्यमिक विद्यालय बडागाउँ, महेन्द्र माध्यमिक विद्यालय जिमाली, जनता माध्यमिक विद्यालय रागेचौर र भैरव माध्यमिक विद्यालय राम्री, साथै विभिन्न गाउँ–टोल तथा बजार–व्यवसायीहरूबाट रु. ४७,००० सहयोग संकलन भएको थियो। संकलित रकमलाई अभियान्ता पुष्कर पन्त सुनारबाट रु. १,५०० र अभियान्ता डिल्ली राणाबाट रु. १,५०० थप गरी जम्मा रु. ५०,००० पुर्‍याएर पीडित परिवारको घरदैलोमै पुगेर हस्तान्तरण गरिएको हो।

यस अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउन निरन्तर सल्लाह, सुझाव तथा हौसला प्रदान कुमाख गाउँपालिका वडा नं. ६ का अध्यक्ष कर्णबहादुर विकज्यूले गर्नुभयकाे थियाे । आर्थिक सहयोग अभियानका अभियान्ता पुष्कर पन्त सुनार, डिल्ली राणाले आर्थिक सहयोग प्रदान गर्नुहुने सम्पूर्ण शिक्षक, विद्यार्थी, युवा, बुद्धिजीवी, व्यवसायी, समाजसेवी तथा सहयोगी मनहरूमा धन्यवाद व्यक्त गरेका छन। दुःखमा साथ दिनु नै मानवताको सबैभन्दा ठूलो धर्म भयकाे र पीडित परिवारको दुःखमा साथ दिने यो सानो प्रयासले केही राहत र हौसला मिल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असोज १२ गते सोमवार