एमाले महासचिव शंकर पोख्रेलको निर्वाचन क्षेत्रमा एकैपटक ८७ जनाले एमाले परित्याग गरेका छन।

पाेख्रेलकाे निर्वाचन क्षेत्र दाङ-२ हाे। त्यहाँ पार्टी परित्याग गर्नेमा गएको निर्वाचनमा दाङ क्षेत्र नं.२ (२) बाट उम्मेदवार बनेका गिरिराज केसी समेत छन। उनी कांग्रेसका प्रचण्ड विक्रम न्यौपानेसँग पराजित भएका थिए ।

एमालेका पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका केसीसहित पूर्व प्रदेश कमिटी सदस्य घोराही-८ निवासी गणेश लम्साल, तुलसीपुर-७ प्रसेनी निवासी पिताम्बर आचार्य, दंगीशरण-५ निवासी दुश्यत चौधरी, तुलसीपुर-३ निवासी कलिभान रोका सहित ८६ जनाले बिहीबार संयुक्त विज्ञप्ति जारी गरि पार्टी परित्याग गरेका हुन् ।

एमाले पार्टी कै सरकार हुँदा ठूला–ठूला भ्रष्टाचारका काण्डहरुमा नेताहरु नै मुछिनु र आफै सरकारमा हुँदा ठूला–ठूला जुलुस निकाल्ने कार्य गरेको भन्दै पार्टी परित्याग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ  । याे पहिलाे चरणमा पूर्व प्रदेश कमिटी सदस्य समेत रहेका केसीकाे नेतृत्वमा पार्टी परित्याग गरेको र अब दाेस्राे चरणमा अर्को कमरेडकाे नेतृत्वमा पार्टी परित्याग हुने विज्ञप्तिमा उल्लेख छ।

  • परित्याग गर्नेहरू

प्रकाशित मिति : २०८२ जेष्ठ ३१ गते शुक्रवार