फागुन १९ सल्यान – एक युवा व्यवसायी मृत फेला परेका छन।
बागचौर नगरपालिका -८ कोटमौला घर भई हाल त्रिवेणी गाउँपालिका -६ लुहाम बजार स्थित जय बिश्वकर्मा ग्रिल उद्योग संचालन गरी बस्ने २४ वर्षिय दिनेश बि.क लुहाम खोलाको किनारमा बिहीबार बेलुका करिब ६:४५ बजे मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
बेहोस भई पल्टेको अबस्थामा स्थानिय ब्यक्तिहरुले देखेपछि प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी नायव निरीक्षक गणेश चन्दको कमाण्डमा ५ जनाको प्रहरी टोली घटनास्थल पुगि जिल्ला अस्पताल सल्यान पठाए लगत्तै डाक्टरले मृत्यु घोषणा गरेको हाे। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।