फागुन १ काठमाडौ – एमाले केन्द्रीय सदस्य तथा सांसद ईश्वरी जीएमले जनयुद्ध दिवस भनेर आफूखुसी र आ–आफ्नो अनुकूल हुने गरि शब्द चयन गरेकाे बताएकि छन।

सामाजिक संजाल फेसबुक मार्फत सांसद जिएमले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भ्रामक सूचना सम्प्रेषण गरेको समेत दावि गरेकि छन।

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा फागुन १ गते सार्वजनिक बिदा दिएपछि सांसद जीएम लेख्छिन्, ‘जनयुद्ध होइन।’ ‘सरकारले सरकारी दस्तावेज अनुसारको शब्द चयन गर्नुपर्छ, ‘मैले थाहा पाएँसम्म जनयुद्ध शब्दलाई नेपाल सरकारले कहिकतै अभिलेख गरेको छैन।’

युवा नेत्री जीएमले माओवादी अध्यक्ष ‘प्रचण्ड’ले हस्ताक्षर गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौतादेखि हरेक सरकारी दस्तावेजमा ‘जनयुद्ध’ शब्द नलेखेर ‘सशस्त्र द्वन्द्व’ नै लेखेकाे हुदा शब्द चयनलाई गम्भीरतापूर्वक लिन समेत ध्यानाकर्षण गराएकि छन।

प्रकाशित मिति : २०७९ फाल्गुन १ गते सोमवार