माघ ३ काठमाडौ – नेकपा माओवादी केन्द्रले सांसद रेखा शर्मालाई सञ्चार मन्त्री बनाउने भएको छ।

सांसद शर्मा दाङ क्षेत्र नम्बर -२ बाट एमालेका महासचिव शंकर पोखरेललाई पराजित गरि निर्वाचित भएकि थिइन। पोखरेललाई रेखाले १९६ मतले हराएकि थिइन। शर्माले २६ हजार ८ सय ७७ मत ल्याउँदा पोखरेलले २६ हजार ६ सय ८१ मत ल्याएका थिए

रेखा यसअघि दुई पटक समानुपातिक तर्फबाट सांसद बनि सकेकि थिइन्। शर्मा २०७२ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री थिइन्। उनी माओवादीभित्र संसदीय गतिविधिमा समेत अब्बल मानिन्छिन्।

माओवादीले जनयुद्ध गर्दा सक्रिय रूपमा सहभागी भएकी शर्मा माओवादी संसदीय राजनीतिमा आएपछि प्रमुख सचेतक समेत भइसकेकी छिन्।

प्रकाशित मिति : २०७९ माघ ३ गते मङ्गलवार