मंसिर ८ काठमाडौ –  नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य प्रेमबहादुर आले तेस्राे पटक पनि विजयी भएका छन।

एक प्रतिनिधि सभा रहेको डाेटीबाट गठबन्धनका उम्मेदवार आलेले २७ हजार २१० मत लिएर विजयी हुदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकि उम्मेदवार गौरीकुमारी वलीले २३ हजार ४ मत प्राप्त गरिन् । आले र वली बिच ४ हजार २०६ मतकाे अन्तर छ। त्यस्तै कांग्रेसका बागी उम्मेदवार नरेन्द्रबहादुर खड्काले ६ हजार ६ सय ८९ मत प्राप्त गरेका छन ।

०७० र ०७४ मा एमालेबाट आले विजयी भएका थिए।

प्रकाशित मिति : २०७९ मङ्सिर ८ गते बिहिवार