मंसिर ८ काठमाडौ – एक प्रतिनिधि सभा र दुई प्रदेश सभा रहेको सल्यानमा प्रदेश देखि प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार विजयी भएका छन।
अन्तिम मत परिणाम अनुसार प्रतिनिधि सभा तर्फ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका प्रकाश ज्वाला ३५७०० मतका साथ विजयी भएका छन। ज्वालाले ८,०८१ मतान्तरले विजयी हासिल गरेका छन।
उनका निकटतम प्रतिद्वन्द्वी चुनाव चिन्ह पुतलीबाट स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १९७८९ मत लिएर दाेस्राे भएका छन भने एमालेका राजेन्द्र वीर रायले १३०२९ मत लिएका छन। सल्यानमा एमालेका लागि स्वतन्त्र उम्मेदवार भारी भएका छन। प्रतिनिधि सभा तर्फ प्रतिस्पर्धाकाे रुपमा एमाले भन्दा स्वतन्त्र उम्मेदवार नै बलियाे शक्ति बनेका छन।
त्यस्तै राप्रपाका नेत्रलाल श्रेष्ठले हलाेबाट २२९३, भिम बहादुर वली (हँसिया तारा)बाट १५९५, राष्ट्रिय स्वतन्त्र पार्टीका पवनराज देवकोटा (घण्टी) बाट ३६९४ र जुद्व बहादुर सिंह (क्रस खुकुरी) बाट २०५ मत पाएका छन।
जम्मा खसेको मत ८३६७४ मध्ये सदर मत ७६३०५ थियाे भने बदर मत ७३६९ रहेको छ।