मंसिर ७ काठमाडौ – प्रतिनिधि सभा तर्फ सल्यानमा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा एसका प्रकाश ज्वालाले फराकिलो अग्रता कायमै राखेका छन।

पछिल्लो मत परिणाम अनुसार ज्वालाले १२६५१ मतान्तरले अग्रता लिएका छन। उनले २९३२४ मत लिदा उनका निकटतम प्रतिद्वन्द्वी पुतली चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाहले १६६७३ मत लिएका छन। भने नेकपा एमालेका राजेन्द्र वीर रायले ९९१० मत लिएका छन। सल्यानमा प्रत्यक्ष तर्फ जम्मा खसेको मत ८३०४७ रहेकोमा अब
गणना गर्न बाँकी १४७६९ मत बाँकी छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ७ गते बुधवार