कार्तिक २५ सल्यान – आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन लक्षित प्रचारप्रसार कार्यक्रमहरु चलिरहेका बेला रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सल्यानले पनि जिल्लामा विभिन्न प्रतिबद्धता सहित उम्मेदवारहरु मतदाता माझ गइरहेका छन।

प्रतिनिधि सभा सदस्यका लागि सल्यानबाट प्रत्यक्षबाट पवन राज देवकोटा उम्मेदवार बनेका छन भने समानुपातिकमा याेगमाया घर्ती उम्मेदवार छन।

` सल्यानमा अब विकल्प छ´ भन्दै जिल्लाकाे विकास, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न उम्मेदवारी दिएकाे बताउदै प्रतिनिधि सभा सदस्य उम्मेदवार देवकोटा आफ्ना प्रतिबद्धता लिएर मतदाताकाे घरदैलोमा पुगिरहेका छन। यसअघि विभिन्न सामाजिक कार्यमा आवद्ध भएर आफ्नो विकासप्रेमी पहिचान बनाएका देवकोटा बागचौर नगरपालिका -५ शिवरथका बासिन्दा हुन।

देवकोटाले त्रिभुवन विश्वविद्यालयवाट शिक्षा शास्त्र, मानवशास्त्रमा स्नातकोत्तर गरि कानुनशास्त्रमा स्नातक गरेका छन। उनी विभिन्न सामाजिक संस्थासंग आवद्ध भएर महिला तथा बालबालिका, दलित, जनजाती र अपाङताहरुकाे अधिकारका काम गरेको अनुभव उनी संग छ।

देवकाेटाका चुनावी प्रतिबद्धताहरु

१. पुर्वाधार विकास तथा व्यवस्थापन
२.यातायात क्षेत्रमा सवलिकरण
३. कृषि क्षेत्रकाे विकास, विस्तार तथा स्थानिय उत्पादनकाे वृद्धि एवं वजारीकरण,
४. पर्यटन विकास तथा सिपमुलक राेजगारकाे पहिचान, विकास, विस्तार एवं संरक्षण ,
५.सामाजिक सुरक्षा: शिक्षक, कृषक, जेष्ठ नागरिक, एकल नागरिककाे लागि स्वास्थ्य सेवा, सर्वसुलभ र सहज गर्ने र आत्मसम्मानकाे वातावरण सृजना गर्ने,
६. विपद व्यवस्थापन( विपदकाे कारक, क्षेत्र पहिचान तथा स्थानिय सरकार संगकाे समन्वयमा विपत व्यवस्थापन गर्न विपद काेषकाे स्थापना,
७. शिक्षा: गुणस्तरमा सुधार गरि विश्व वजारमा प्रतिस्पर्धि गराउने जनशक्ति उत्पादन गर्न सक्ने बनाउने,
८. दस स्थानीय तहवाट बालबालिका २० जनालाई एक कार्यकालमा छात्रवृत्तिमा वैदेशिक शिक्षामा पठाई त्यहा सिकेकाे सीप स्वदेशमा खर्चिन उत्प्रेरित गरि युवा स्वराेजगार निर्माण।
९. द्वन्द्वमा ज्यान गुमाएकाहरुलाई प्राथमिकताकाे आधारमा एक पालिका एक घर निर्माण, अन्य परिवारलाई पारिवारिक आर्थिक अवस्था र उसकाे क्षमता अनुसारकाे व्यवसायमा संलग्न गराउने,
१०. स्थानिय सीप, स्राेत साधनलाई संरक्षण, सवलिकरण तथा वजारीकरण आदि।

प्रकाशित मिति : २०७९ कार्तिक २५ गते शुक्रवार