भदौ ४ काठमाडौँ – उपचाररत नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरिको निधन भएको छ।
७५ वर्षका नेता गिरिको उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा शनिबार राति ९ः३६ मा निधन भएको अस्पताल स्रोतले जनाएको छ।
घाँटीमा क्यान्सर भएपछि भारतबाट सफल उपचार गरि आराम गरिरहेका गिरिलाई निमाेनिया देखिएपछि विगत तीन सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । शुक्रबार गिरिकाे स्वास्थ्य अवस्था जटिल बनेपछि गिरिकाे परिवारले नै भेन्टिलेटरबाट निकाल्न भनेपछि आइसियूमा राखेर उपचार भइरहेको थियाे।
नेता गिरिकाे स्वास्थ्य अवस्था बुझन शनिबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल `प्रचण्ड´ र मध्यान्हतिर राष्ट्रपति विद्यादेवि भण्डारी अस्पताल पुगेका थिए।