साउन १७ काठमाडौ – नेकपा एमाले अध्यक्ष केपि शर्मा ओलीलाई चुनौती दिने गरि झापा निर्वाचन क्षेत्र नं -२ बाट राइट टु रिजेक्ट र रिकलकाे एजेन्डा लिएका उन्नत लाेकतन्त्र पार्टीका संस्थापक अध्यक्ष स्वागत नेपालले संघिय निर्वाचनमा उम्मेदवारी घाेषणा गरेका छन।

`नो,नट अगेन(No, Not Again)लाई समर्थन गर्दै झापा क्षेत्र नं. २ बाट पूर्व प्र.म केपी शर्मा ओली ज्यु उठ्दै हुनुहुन्छ भन्ने जानकारी भएकोले मात्र होइन म जन्मे, पढे, बढे र हुर्किँदै अहिलेसम्मको मलाई म बनाएको बनेको ठाउँ झापा निर्वाचन क्षेत्र नं. २ बाट सांसदको उम्मेदवारी घोषणा गर्दछु´ सामाजिक सञ्जाल मार्फत नेपालले भनेका छन।

नेपालले राजनिती दलबाट नभई स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट हुने बताएका छन। सक्षम व्यक्तित्वहरु र संसदमा पुगेर एमसीसी र नागरिकता विधेयकका राष्ट्रघाती बुँदाहरु खारेज गर्ने, राइट टु रिजेक्ट, रिकल लगायतका एजेण्डामा सहित स्वतन्त्र अभियानले देशैभर १६५ उम्मेदवार उठाउने र यसअघि आफैँ उम्मेदवारी घोषणा गरिसकेकालाई समर्थन गर्ने र पुराना राष्ट्रघाति अवधारणा भएकाहरु संसदबाट एमसीसी र प्रदेशका मन्त्री सांसद मुख्यमन्त्री समेत खारेज गरी स्थानीय तहलाई शक्तिशाली बनाउने लगायतका एजेण्डाहरु रहने बताएका छन् ।

अभिवक्ता समेत रहेका नेपाल विभिन्न सामाजिक तथा व्यक्तिगत मुद्दाका लागि नि:शुल्क मुद्दा समेत लडिसकेका र लडिरहेका छन।

सामाजिक संजालबाट उम्मेदवारी घाेषणा गर्दै नेपाल लेख्छन- नो,नट अगेन(No, Not Again)लाई समर्थन गर्दै~~~~
झापा क्षेत्र नं. २ बाट पूर्व प्र.म. के पी ओली ज्यु उठ्दै हुनुहुन्छ भन्ने जानकारी भएकोले मात्र होइन म जन्मे, पढे, बढे र हुर्किँदै अहिलेसम्मको मलाई म बनाएको बनेको ठाउँ झापा निर्वाचन क्षेत्र नं. २ बाट सांसदको उम्मेदवारी घोषणा गर्दछु ।
एक पटक नुहाएको पानीले पटक पटक नुहाएर सफा हुन सकिँदैन, नेपालमा पटक पटक नुहाएको पानीले अझै कति समय नुहाइरहने ?
मेरो उम्मेदवारी स्वतन्त्र राष्ट्रिय अभियानको तर्फबाट हुनेछ । यस अभियानमा देशैभरका स्वतन्त्र समूहहरु, सक्षम व्यक्तित्वहरु र संसदमा पुगेर एमसीसी र नागरिकता विधेयकका राष्ट्रघाती बुँदाहरु खारेज गर्ने, राइट टु रिजेक्ट, रिकल लगायतका एजेण्डामा सहमत सबै साथीहरु हुनुहुनेछ । यस स्वतन्त्र अभियानले देशैभर १६५ उम्मेदवार उठाउने, यसअघि आफैँ उम्मेदवारी घोषणा गरिसकेका साथीहरुलाई समर्थन गर्ने र उहाँहरु उठ्नु भएको स्थानमा हामीले उम्मेदवार नउठाई बरु उहाँहरुका लागि पनि भोट माग्ने, तर जसरी पनि पुरानालाई हराउने र संसदबाट एमसीसी र प्रदेशका मन्त्री सांसद मुख्यमन्त्री समेत खारेज गरी स्थानीय तहलाई शक्तिशाली बनाउने लगायतका एजेण्डाहरु हुनेछन् । एजेण्डाको पूर्णपाठ सामूहिक रुपमा तयार भइरहेकोले यथाशिघ्र सार्वजनिक गरिने छ । यस अभियान अन्तर्गत पूरानालाई हराउन नयाँ सबै दलहरुसँग एजेण्डाका आधारमा पूर्ण रुपमा सहकार्य गरी उहाँहरु विरुद्ध समेत उम्मेदवारी नदिने पनि हामीले निर्णय गरेका छौं । यसबाट जसरी पनि पुरानाहरुलाई पाखा लगाएर नयाँहरु वीचमा क्रमशः एजेण्डामा छलफल हुनेछ । त्यसले पूरानाहरु पाखा लाग्ने बातारण बन्न सक्ने छ । नयाँहरु सबैवीच समर्थन र सहकार्य अनि एकताका लागि प्रयास गरौं । हामी पनि नयाँहरुका विरुद्ध उम्मेदवारी दिँदैनौं, सबै मिलेर पूरानाविरुद्ध १६५ क्षेत्रमै उम्मेदवारी दिन नयाँ सबै, स्वतन्त्र समूह र दलहरुसँग पुनः अपिल पनि गर्दछु ।
आफ्नो पार्टी कायम नै राखेर आफ्नै चुनाव चिन्ह लिएर उठे पनि नयाँहरु वीच स्वतन्त्र उम्मेदवारी दिन चाहनेका लागि समेत खुला किताब चुनाव चिन्ह प्रस्ताव गरेका छौं, (यसका लागि निर्वाचन आयोगसँग प्रक्रिया र कार्यविधि पूरा गर्ने कार्य अघिबढिरहेको छ) प्राविधिक कारणले आफ्नो नयाँ पार्टीको चुनाव चिन्ह छोड्न नमिले पनि उम्मेदवारी दिँदा नयाँ नयाँ वीचमै जुधाएर उम्मेदवारी नदिने बरु एक अर्काले एक अर्कालाई सहयोग गरौं, भोट मागौं तर जसरी पनि पुरानालाई हराऔं ।
अर्को महत्वपूर्ण कुरा पूरानाहरु हाम्रा दुश्मन नै चाहिँ होइनन्, उहाँहरुले गरेका राम्रा कामको अनुशरण गरौं । सम्मानको संस्कार पनि युवा पुस्ताले नै बढाउनुपर्छ ।
उहाँहरुको पालामा राइट टु रिजेक्ट रिकल आदि एजेण्डा थिएनन् । हामीले समयको माग अनुसार १२ वर्षदेखि ती एजेण्डा लिएर यहाँसम्म ल्याएका छौं । उहाँहरुको अध्ययन, योग्यता, क्षमता र समयको आश्यकता जति थियो त्यति काम आफूले सकीनसकी गर्नुभयो । त्यसका लागि धन्यबाद दिँदै उहाँहरुलाई सम्मानपूर्वक आराम दिऔं । तर उहाँहरुलाई सम्मानपूर्वक आराम दिने भनेर आफले पनि त्यही काम गर्नको लागि मात्र आराम नदिऔं ।
हामीले समयका नयाँ मागहरु अनुसार अघि बढाऔं । सम्पूर्ण आम नागरिक, मजदुर किसान, बुद्धिजीवी, विद्यार्थी पेशाकर्मी सबैमा सुस्पष्ट विचार भएका, देशभक्त राष्ट्रवादी सुसंस्कृत नयाँ उम्मेदवारहरुलाई भोट दिनु हुन अनुरोध छ । यसरी आफ्नो भोट दिन भनेको आफ्नो पार्टी छोड्नु होइन बरु देश नछोड्नु हो । देशको पक्षमा सबैलाई ल्याउनु हो । देशवासीलाई देशको बाटोमा हिँडाउन लोकतन्त्रको नाममा परलोकतन्त्रको मार्गतर्फ गइरहेकोमा त्यसबाट बचाउन अब हजुरहरुको भोटले मात्र सक्ने छ । केही फरक पर्दैन अहिलेसम्म जसलाई भोट दिनुभयो उसलाई भोट नदिँदा । हिजो पञ्चायतपछि पनि पहिला भोट दिएकालाई नदिँदा केही फरक परेको थिएन । तर अब नदिँदा देशको भाग्य र भविष्यमा फरक पर्नेछ । संसदबाट एमसीसी खारेज हुनेछ । खर्चिलो संघीयतामा प्रदेशका सांसद मन्त्री खारेजीमा पर्नेछन् र उनीहरुका लागि हुने खर्च बालबालिकाको शिक्षामा लाग्ने छ । जनताले आफूले चुनेका व्यक्तिले खराब काम गरेमा उनीहरुलाई फिर्ता बोलाउन पाइने छ, उम्मेदार खराब भयो भने भोट हालेरै बहिष्कार गर्न पाइने छ । १८ देखि २४ वर्षका युवाको आवास स्वास्थ्य शिक्षा पहिलो चरणमा निशुल्क हुने छ । (दोस्रो तेस्रो चरणमा सबैको पूर्ण विवरण सार्वजनिक हुनेछ चाँडै)
बाँकी विस्तृतमा पछि
सबैमा पुनः नयाँहरुलाई मतदान गर्न अपिल गर्दछु । यो अपिल मेरो लागि मात्र होइन नयाँ पुस्ताका लागि साँच्चैको नयाँ युगका लागि ।

प्रकाशित मिति : २०७९ साउन १७ गते मङ्गलवार