साउन २, सल्यान – सल्यान करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ ।
जिल्लाको कालिमाटी गाउँपालिका वडा नं.-३ ढोडेनी निवासी २५ वर्षिय बबिन भण्डारीको करेन्ट लागेर साेमबार दिउँसो करिब १:५५ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

स्थानिय मिलको लागि तार बिस्तार गर्ने क्रममा सोमबार बिहान विद्युत पोलमा चढेको बेला भण्डारीको बायाँ हातमा करेन्ट लागेर  भुईमा झरेपछि घाइते भएका भण्डारीकाे उपचारको लागि दाङ स्थित राप्ती प्रादेशिक अस्पतालमा लगेकोमा उपचारको क्रममा मृत्यु भएको र शव पाेष्टमार्टमकाे तयारी भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए।

प्रकाशित मिति : २०७९ साउन २ गते सोमवार