असार ३१, सल्यान – दार्मा गाउँपालिका सल्यानले महान जनयुद्धको क्रममा राज्य र विद्रोही पक्षबाट सहादत प्राप्त गरेका सहिद परिवारजनलाई आज एक कार्यक्रमकाबिच सम्मान गरेको छ ।
दार्मा गाउँपालिका सल्यानको सहिद स्मृति सभा हलमा एक कार्यक्रमको आयोजना गरि सहिद परिवारलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रममा बोल्दै दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर के.सी. ले नेपालमा जति पनि परिवर्तन भएको छ ती सबै परिवर्तनको बहाक सहिदहरु भएकोले दार्मा गा.पा.ले सहिदहरुको उच्च सम्मान गर्दै आईरहेको र गरिरहेने बताए ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सदस्य तथा दार्मा गाउँपालिका इन्चार्ज अनन्त प्रसाद गौतमले सिंह दरबारको अधिकार गाउँगाउँमा ल्याई जनतालाई स्थानिय सरकारको अनुभुती गराउनमा महान सहिदको महत्त्वपूर्ण भुमिका भएकोले सबैले सहिद र सहिद परिवारको उच्च सम्मान गर्नु पर्ने बताए ।
सहिद परिवारलाई सम्मान सहित २५ घर परिवार लाई एक एक थान सिलिन्डर/चुलोसेट पनि प्रदान गरिएको छ ।
जनक्रान्तिका महान सहिद परिवार दार्माको समन्वय साथै दार्मा गाउँपालिका सल्यानको आयोजना भएको सम्मान कार्यक्रममा विभिन्न राजनैतिक दल व्यक्तित्व, जनप्रतिनिधि, कर्मचारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
सहिद परिवारका जेष्ठ नागरिक टेक बहादुर बुढाथोकीको अध्यक्षता भएको कार्यक्रममा स्वागत मन्तव्य दार्मा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रेशम ओलिले राखेका थिए भने कार्यक्रमको सहजीकरण अनिल चन्दले गरेका थिए ।