असार ५ दाङ – नेपाल कम्युनिस्ट पार्टी (बहुमत) दाङ जिल्लाले विशेष भेला सम्पन्न गरेको छ । उक्त भेला द्वारा ३१ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति चयन गरेको छ ।
आईतबार दाङ घोराहीको नारायणपुर भएको विशेष भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज तथा कार्यक्रमका प्रमुख अतिथी सार्दुलले संसारमा चुनावी प्रक्रिया मार्फत सर्वहारा बर्गको राज्य सत्ता स्थापना नभएको स्मरण गराउदै झनै दलाल संसदीय व्यवस्थामा सामान्य नागरिकले चुनाब जितेर राज्यसत्ता बदल्ने कल्पना समेत गर्न नसकिने बताए । नेपालका कम्युनिस्ट पार्टीहरु किन फुट्छन्,नेपालका कम्युनिस्ट पार्टीहरु संसदवादी भए,वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न संघर्ष चुनौति लगाएतका बिषयमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएका थिए ।
त्यस्तै केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज तिलक पुनले क्रान्तिमा विप्लवले धोका दिएको बताउदै विप्लव आत्मसुरक्षावादी भएको बताए । एकीकृत जनक्रान्तिका नाममा १२ जनाले रगत बगाएको स्मरण गर्दै क्रान्तिमा बिप्लवले धोका दिएको भन्दै क्रान्तिको झण्डा आफुहरुले झुक्न नदिने बताए । यस्तैमा भेलाले तिलक पुनको नेतृत्वमा जिल्ला भेला आयाेजक समिति समेत गठन भएको छ ।
भेलामा नेकपा(बहुमत) लुम्बिनी ब्युरो प्रकाशन तथा प्रचारप्रसार विभाग प्रमुख नवीन,पाल्पा जिल्ला संयाेजक दिग्दर्शन,गुल्मी जिल्ला संयाेजक चिराग,अर्घाखाँची जिल्ला संयाेजक बारुद,अखिल(क्रान्तिकारी) कि केन्द्रीय सदस्य ईन्दु वलि,अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सदस्य हिमाल लगायतको आतिथ्यता रहेको थियो भने कार्यक्रमकाे संचालन सुर्यप्रकाशले गरेका थिए।