जेठ ५, सल्यान – सल्यानको बागचौर नगरपालिका वडा नं.२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
जस अन्तर्गत नेपाली काङ्ग्रेसका तर्फबाट अध्यक्ष पदका उम्मेदवार दिपेश डि.सी. विजयी भएका छन । डि.सी.ले कुल ८२७ मत ल्याइ विजयी भएका हुन ।
साथै उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उम्मेदवार खुमराज डि.सी.ले ४१४ र नेकपा एमालेका तर्फबाट उम्मेदवार धर्मराज डि.सी.ले ४०९ मत ल्याएका छन ।
यश वडामा जम्मा कुल मत १७३७ खसेको थियो ।

यस्तै बागचौर नगरपालिका हालसम्म १२ वटै वडाको मतगणना सम्पन्न भैसकेको छ । जसमा ६ वटा २, ३, ५, ८, ११ र १२ वडामा नेपाली काङ्ग्रेसले विजयी हासिल गरेको छ भने बाँकी ४ वटा १, ४, ६ र ७ वडामा (नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी) संयुक्त गठबन्धनले र वडा नं. ९ को वडाध्यक्ष र वडा नं. १० को सिङ्गो प्यानल नै नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार