जेठ ५ दाङ – घोराही उपमहानगरपालिकामा नेकपा एमाले बहुमत वडा सहित विजयी भएको छ।

प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरी पुन: दाेहाेरिएका छन भने उपप्रमुखमा एमालेकै हुमा डिसी विजयी भएकी छन। प्रमुख चौधरीले ३१७२८ मत लिएका छन भने उनका निकटतम प्रतिद्वन्दी पाँच दलिय गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हेमराज शर्मा `डायमण्ड´ ले २६३६८ मत लिएका हुन।

त्यसैगरी उपप्रमुखमा विजयी डिसीले ३०४०३ मत लिइन भने उनका निकटतम प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका भुप बहादुर डाँगीले ३०३५४ मत लिएका छन।

यस उपमहानगरपालिकामा जम्मा १९ वडा रहेकाेमा अध्यक्ष १३ वटा वडाहरुमा एमालेले १,२,३,४,५,६,७,८,११,१२,१४,१७ र १८ वडा लिएको छ। त्यस्तै पाँचवटा वडा नेपाली कांग्रेसले १०,१३,१५,१६ र १९ लिएको छ भने बाँकी एकवटा वडा नम्बर ९ माओवादीले केन्द्रले लिएको छ।

प्रकाशित मिति : २०७९ जेष्ठ ५ गते बिहिवार