जेठ ४ चितवन – भरतपुर महानगरपालिकामा अहिले वडा नम्बर ६ को मत गणना जारी छ।
अहिलेसम्म २३०८५ मत गणना भइसकेको परिणाम अनुसार प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहालले ८०४२ मत पाएकी छन् भने प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ७३३८ मत पाएका छन्। दुई बिचकाे मतान्तर दुरि बढदै गएको छ। उनिहरु बिच ७०४ मतान्तर छ। स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल ३७९३ मत छ।
उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारी ९६९७ मतसहित अग्रता मै छन । उनकी निकटतम प्रतिद्वन्द्वी राप्रपाकी हिमला गुरूङले ६०३४ मत प्राप्त गरेकि छन।