बैशाख २७ दाङ – वडा अध्यक्षका उम्मेदवारकाे निधन भएपछि तुलसीपुर उपमहानगरपालिका -१७ काे निर्वाचन कार्यतालिका परिमार्जन गरिएको छ।

परिमार्जित निर्वाचन तालिका एमालेका लागि मात्रै लागू हुने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ। जस अनुसार बुधबार बिहान दस बजेदेखि दिउसो एक बजेसम्म मनोनयन दर्ता, बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान, शनिबार देखि मौन अवधि लागू हुने र जेठ ३ गते मतदान हुने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए। याे संगै साेहि वडाकाे हकमा मात्रै वैशाख ३१ गते राति १२ बजेसम्म प्रचारप्रसार गर्न पाइने छ।

जेठ ३ गते उक्त वडामा मतदान सकिएपछि मात्रै तुलसीपुर उपमहानगरपालिकामा भित्रकाे मत गणना एकैसाथ हुने निर्वाचन अधिकृत अर्यालले बताए।

चुनाव प्रचारप्रसारका क्रममा बिरामी परेपछि वडा अध्यक्षका उम्मेदवार चौधरीलाई उपचारका लागि दुई पटक नेपालगन्जस्थित भेरी अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंको शिक्षण अस्पतालमा लगिएकोमा उपचारकाे क्रममा निधन भएको हाे। चौधरी ०७४ को स्थानीय तह निर्वाचनबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार