बैशाख २७ राेल्पा – नेकपा माओवादी केन्द्रका कार्यकर्ताको खुकुरी प्रहारबाट नेपाली कांग्रेसका दुई जना कार्यकर्ता घाइते भएकाे घटनामा संलग्न रहेका एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा गंगादेव गाउँपालिका -५ का २४ वर्षिय प्रकाश केसी रहेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ। केसीलाई सल्यान प्रहरीकाे समन्वयमा ईलाका प्रहरी कार्यालय थारमारे सल्यान र जिल्ला प्रहरी कार्यालय राेल्पाकाे संयुक्त प्रहरी टाेलीले थारमारे स्थित राेशन ग्यारेजमा लुकिछिपि बसेकाे अवस्थामा मंगलबार बेलुका करिब साढे ७ बजे पक्राउ गरेकाे र फरार रहेका अन्य दुई जनाकाे खाेजिकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक थमन जिसीले जनसहारासंग बताए। उक्त घटनाको अनुसन्धान जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक विनाेद घिमिरे सहितकाे टाेलीले गरिरहेकाे छ।

साेमबार बेलुका करिब ८ बजेतिर गंगादेव गाउँपालिका -५ बस्नेयौटामा माओवादी केन्द्र निकटकाे वाइसीएलका राजेन्द्र परियार, नवराज महर र पक्राउ परेका केसीकाे समूहले खुकुरी प्रहार गर्दा कांग्रेस निकट तरूण दलका वडाध्यक्ष ३० वर्षिय मनबहादुर बुढा र २० वर्षिय कमल बुढा घाइते भएका थिए। घाइते मध्ये मनबहादुरकाे काेहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचार भइरहेकाे छ।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार