बैशाख २७ रुकुम(पूर्व) – एक थान भरुवा बन्दुक सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पुथाउत्तरगंगा गाउँपालिका-१४ पोबाङ बस्ने ४० वर्षीय चन्द्र बहादुर कामीलाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)ले जनाएको छ।

लोड गरिएको अवस्थामा रहेको बन्दुक बोकी जंगलबाट घरतर्फ फर्कंदै गरेका उनलाई सोही ठाउँस्थित सिद्वमण्डली माध्यमिक विद्यालय राङसीको मतदान स्थलमा खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व)का प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार