बैशाख २७ राेल्पा – २०७४ को स्थानीय निर्वाचनमा शिक्षण पेसा त्यागेर कांग्रेसबाट सुनिलस्मृति गाउँपालिका -४ काे वडाध्यक्षमा निर्वाचित भएका गंन्ज बहादर महरा क्षेत्री याे निर्वाचनमा भने गाउँपालिका अध्यक्षका लागि चुनावी मैदानमा छन।

राेल्पाका दश स्थानीय तह मध्येका सबैभन्दा उत्कृष्ट वडा बनाउन सफल भएका क्षेत्री सुनिलस्मृतिमा जनप्रिय जनप्रतिनिधिकाे रुपमा परिचित छन। पहिलोपटक निर्वाचित हुदा विभिन्न चुनौतीकाे सामना गरिरहेका जनप्रतिनिधि मध्ये एक क्षेत्री पनि हुन। तर उनले नागरिकका हरेक सेवामा भने कुनै कमि नभए अनुभुती गराउन सफल जनप्रतिनिधिकाे उपमा पाएका छन।

क्षेत्रीले वडामा निःशुल्क विद्युत, एकल पुरुषलाई भत्ता, शिक्षण सिकाईका लागि विभिन्न कार्यक्रम, वृद्ध भत्ता घरघरमा आफै उपस्थित भएर उपलब्ध, वडावासीलाई नि:शुल्क स्वास्थ्य बिमा लगाएतका लोकप्रिय काम गरेकै कारण याे निर्वाचन गाउँपालिका अध्यक्षमा आउन सबैले देखाएको प्रेरणालाई आत्मसाथ गरेकाे क्षेत्री बताउँछन्।

जनप्रतिनिधिहरु शासक नभएर सेवक अर्थात जनताका मालिक हाेइनन्, नाेकर हुन त्यसैले सेवा खटिनुपर्ने बताउँछन्। आफू गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि पालिका भित्रका कुनैपनि जनप्रतिनिधिले सेवा सुविधा नलिएर सबै जनताकाे सेवामा लगाउने प्रतिबद्धता जनाएका छन।

जनप्रतिनिधिले पाउने रकम सबैले अनिवार्य जनताकाे सेवामा लगाउने उद्देश्यले सेवा सुविधा कटौती गरिदिने घाेषणा गरेका गरेका छन। यद्यपि उनले भने अनुसार चुनौती भने निकै छ। अनेक दलबाट सहभागी र उनकै विचारमा पारिश्रमिक नलिएर काम गराउन सहमत बनाउन सक्नुमा चुनौतीकाे चाङ नै छ।

तर पनि क्षेत्रीले उक्त प्रतिबद्धता बारे खण्डन गर्दै भन्छन्,`जुनसुकै नयाँ कार्यक्रमको सुरुवात गर्दा पक्कै पनि अनेकौ कठिनाईहरु आउछन जुन कुराको अनुभब मैले गरेको छु। त्यसमाथि झन यो त पैसाको कुरा छ। पक्कै पनि यसमा कुरा उठ्छन र अहिले नै कहि कतै कुरा उठिसकेको पनि छ। तर म उहाहरुलाई कसरी प्रस्ट पार्न चाहन्छु भने हामी जनप्रतिनिधि भनेको जनताको सेवक हौ।उहाहरुको निस्वार्थ भावले सेवा गर्छौ भनि राजनितिमा लागेका हौ। जसको सेवा गर्छौ भनि यस क्षेत्रमा लागेका छौ उहाहरुकै पसिना मिहेनतले कमाएको र बिभिन्न बहानामा लिएको कर बाट हामिले तलब ल्याउन मिल्छ त ? त्यसैले यो बिषयमा सच्चा मनले जनताको सेवकको रुपमा अगाडि बढ्नु भएका ब्यक्तिहरुले यो निर्णय वा यो मुद्दाको समर्थन गर्नुहुन्छ।´

प्रकाशित मिति : २०७९ बैशाख २७ गते मङ्गलवार