बैशाख १५ रूकुम पूर्व – १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुईजना पक्राउ परेका छन।

पक्राउ पर्नेमा पुथाउत्तरगंगा गाउँपालिका-१ मैकोट बस्ने २९ वर्षीय तिर्थफल परियार र सोही ठाउँ बस्ने ३० वर्षीय हिन्दुल परियारलाई बुधबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकम पुर्वले जनाएको छ।

उनीहरूले ती किशोरीलाई सोही गाउँपालिकास्थित स्याना पातल जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हुकामबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको र थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रुकम पुर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

प्रकाशित मिति : २०७९ बैशाख १५ गते बिहिवार