बैशाख ११ जाजरकोट – स्थानीय तह निर्वाचन नजिकिए संगै पछिल्लो समय जिल्लामा बेवारिसे अवस्थामा भरुवा बन्दुक भेटिने क्रम बढे संगै आइतबार पनि एसइई परीक्षामा सुरक्षार्थ खटिएको प्रहरीले दुईवटा भरुवा बन्दुक फेला पारेकाे छ।

आइतबार इन्द्रज्याेती माध्यमिक विद्यालयमा एसइई परीक्षा सुरक्षार्थ खटिएको प्रहरी टाेली परीक्षा पश्चात फर्कने क्रममा जङ्गलमा लुकाई छिपाई राखेकाे अवस्थामा दुई वटै भरुवा बन्दुक छेडागाड नगरपालिकामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उक्त बन्दुक मध्ये एउटा साेहि नगरपालिका -१ काे विशाल बजार नजिकै र अर्काे पनि साेहि नगरपालिकाकै वडा नं. -२ साल्मा गाउँ नजिकै ओडारमा फेला परेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ११ गते आइतवार