बैशाख ८ जाजरकोट – जनप्रतिनिधिले नै इजाजत नभएको चारीकाे माेटसाइकल प्रयाेग गर्दै आएकाे पाइएकाे छ।

नलगाड नगरपालिका-१ का वडाध्यक्ष हिरालाल पुनले इजाजत नभएको चाेरीकाे माेटरसाइकल प्रयाेग गर्दै आएकाे पाइएपछि माेटरसाइकल सहित प्रहरीले पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

गत ४ गते नलगाड-१ कै कल्पतस्थित सडकमा सवारीधनी कागजात नभएको लु५९प ०२१७ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल राखेको बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट खटिएकाे प्रहरीले मोटरसाइकल बरामद गरेकाे र वडाध्यक्ष पुनले चलाइरहेकाे खुलेकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए।

माेटरसाइकल प्रहरीकाे नियन्त्रण पछि प्रहरी समक्ष नआएका वडा अध्यक्ष पुनलाई खोजतलासकाे क्रममा गत ६ गते प्रहरी टोलीले फेला पारेर पक्राउ गरि जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए।

प्रकाशित मिति : २०७९ बैशाख ८ गते बिहिवार