बैशाख ४ स्याङ्जा — बिहानै सडक दुर्घटना हुदा पाँच जनाकाे मृत्यु भएको छ।
वालिङ नगरपालिका १२ डाँडाखर्कस्थित आइतबार बिहान साढे १० बजेतिर ११ जना सवार जीप दुर्घटनामा परेकाे हाे।
डाँडाखर्कबाट वालिङ बजारका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
मृतक ५ जनाकै घटनास्थलमै मृत्यु भएको हाे। मृत्यु हुनेमा वालिङ नगरपालिका -१२ का ६५ वर्षिय वीर बहादुर डाला, साेहि ठाउकि ४५ वर्षिय हिरा डाला, २५ वर्षिय शर्मिला सारु, गौरब सारु (सात महिने बच्चा) र वडा नं. -१४ कि ६१ वर्षिय कुल कुमारी कनौचे रहेका छन। घाइते ६ जनालाई वालिङमा सामान्य उपचारपछि सबैलाई पाेखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजिब बहादुर बस्नेतले बताए।
गाडीमा सवार सबै स्थानीयहरु रहेकाे र उनिहरु वालिङ बजार गर्न हिडेका थिए। मृतक सबैकाे पाेष्टमार्टमकाे लागि तयारी गरिएको र जिप निकाल्नकाे लागि डाेजर पनि घटनास्थल पुगिसकेको प्रहरी उपरीक्षक बस्नेतले बताए। तस्बिर: प्रकाश डुम्रे