बैशाख १ काठमाडौ – नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङकाे फाेटाे चुनावी प्रचार पाेष्टरमा राखेपछि नेकपा एमालेका नेता भीम रावलले प्रचण्ड माथि कडा प्रतिक्रिया दिएका छन।

सामाजिक संजाल ट्विटर मार्फत नेता रावलले खुशी बनाउने अवसर मिलेकाे भन्दै कुलमानकाे फाेटाे मात्र नभई एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रमं देउवासंगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्न भनेका छन।

रावलले ट्विट लेख्छन्; “पुष्पकमल दाहाल जी, चुनावी पोष्टरमा कुलमान घिसिङको तस्वीर मात्र किन तपाईले महान काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रमं देउवासंगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुहोस्।” खुशी पार्ने सुनौलो अवसर छ! कि कसो ?

नेकपा माओवादी केन्द्रले चुनाव लक्षित प्रचारप्रसार सामाग्रीमा घिसिङकाे फाेटाे प्रयाेग गरेपछि निर्वाचन आयाेगले घिसिङलाई स्पष्टीकरण मागेकाे छ भने माओवादी केन्द्रले पनि उक्त फाेटाे हटाइसकेकाे छ। आफ्नो फाेटाे प्रयाेग भएको प्रति घिसिङले विमति समेत जनाउदै फाेटाे हटाउन भनेका थिए।

प्रकाशित मिति : २०७९ बैशाख १ गते बिहिवार