चैत २५ सल्यान – नेकपा (माओवादी केन्द्र) बागचौर नगरपालिका -९ को दोस्रो विस्तारित बैठक सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवम् बागचौर नगर ईन्चार्ज टिकाराम वलीले बैठकलाई सम्बोधन गर्दै छलफलमा उठाएका विभिन्न प्रश्नको जवाफ दिदै प्रतिगमनकारीका विरुद्धमा लागेर चुनावी अभियान लाग्ने कुरामा जोड दिए ।
उनले समग्र देशको राजनीतिमा परिवर्तन ल्याउन गठबन्धनको विशेष महत्त्व र मुल उद्देश्य भएको बताए । वलीले पार्टीको निति नियमलाई पालना गरेर नै अगाडि बढ्ने र कार्याकर्तालाई नि त्यहि मनासय बनाएर तयारी गर्न अनुरोध गरे । उनले बागचौरमा सिङ्गल चुनाव लडे पनि माओवादी केन्द्रले बहुमतका साथ जित्ने निश्चित भएकाले दृढ विश्वासका साथ अगाडि बढ्न आग्रह गरे ।
बैठकमा प्रदेश परिषद् सदस्य टंक प्रसाद शर्मा, जिल्ला समन्वय सदस्य कविराम बस्नेत, नगर कमिटी सल्लाहकार सदस्य नेत्रलाल डाँगी, जेष्ठ कम्युनिष्ट मंचका नगर कमिटी सदस्य शेर ब. वली लगायत नगर कमिटी सदस्यहरु, वडा कमिटी सदस्यहरु र विभिन्न जनवर्गीय संगठनका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
बैठकमा उपस्थित सम्पुर्ण कमरेडहरुले रिपोर्टिङसँगै उम्मेदवार छनोटको विषयलाई जोड दिएका थिए । बैठकबाट आगामी चुनावलाई लक्ष्यित गरेर वडामा सम्पन्न नभएका जनवर्गीय संगठनहरु मध्ये वाईसीएल र महिलाको भेला बैशाख ३ गते गर्ने, शिक्षक बुद्धिजीवीको बैठक चैत २८ गते गर्ने, सेल कमिटी तथा टोल कमिटीका बैठकहरु चैत ३० गते देखि ४ गतेसम्म नगर कमिटी सदस्य एवम् वडा ईन्चार्ज धनेन्द्र बिमल वलीको कमानमा कमान नं.२ को ८/९ र नगर कमिटी सदस्य एवम् सह-ईन्चार्ज दिपक शर्माको कमानमा कमान नं. १ को ६/७ मा भेला, बैठक एवम् घरदैलो कार्यक्रममा जाने निर्णय गरिएको छ ।