चैत २२ बुटवल – नेत्रहिन युवा संघ नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगर पालिकाको सहयोगमा सेतोछडी वितरण तथा आगामी निर्वाचनको सन्दर्भमा अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
बुटवल–१२ तामनगरमा रहेको रुपन्देही नेत्रहिन संघको भवनमा आयोजना गरिएको कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्माको प्रमुख आतिथ्यता रहेको थियो। बुटवल उपमहानगर पालिका वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री शर्माले अपांगताको विषयमा प्रदेश सरकार जहिले पनि सकारात्मक रहेको बताए । उनले अपांगता क्षेत्रमा पनि दृष्टिहिनता भएका व्याक्तिहरुको पक्षमा सरकारले निरन्तर सहयोग प्रदान गर्ने बताए ।
कार्यक्रममा जिल्ला निर्वाचन कार्यालयका प्रमुख अयोद्धा प्रसाद भण्डारीले निर्वाचनमा समान सहभागिताको लागि सरकार लाग्नु पर्ने बताए । उनले स्थानिय तहको निर्वाचनमा पनि अपांगता भएका व्याक्तिहरुलेको समावेशीताको लागि जोड दिनुपर्ने बताउदै समावेशीको लागि अपांगता समुदायको सहभागीता जरुरी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल नेत्रहिन संघ लुम्बिनी प्रदेशका अध्यक्ष बालकृष्ण मरासिनीले अपांगताको विषयमा सरकार गम्भिर नभएको बताए । उनले अपांगता भएको समुदाय प्रति सरकारले समान दृष्टिकोण बाट हेर्नुपर्ने बताए । वडा नम्बर १२ का अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बुटवल उपमहानगरपालिकाले अपांगता समुदायलाई महत्त्व दिएर काम गर्दै आएको बताए । उनले नितिनिर्माण तहमा सामान्यतया परिवर्तन गरेमा यसले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा समाजसेवी छविलाल आचार्य, रुपन्देही नेत्रहिनसंघका अध्यक्ष कृष्ण बहादुर जिसी, नेपाल नेत्रहीन संघ रुपन्देही श्रवणदृष्टि बिहिन परियोजना संयोजक प्रेम आचार्य लगायतले आ आफ्नो भनाईराखेका थिए ।
नेत्रहिन युवा संघ रुपन्देहीका अध्यक्ष टिकाराम पौडेलको सञ्चालन तथा परियोजना संयोजक अस्मीता क्षेत्रीको स्वागत मनतव्यबाट सुरु भएकाे कार्यक्रममा विभिन्न दृष्टिविहिनता तथा न्युनदृष्टिविहिनता भएका ३५ जना व्यक्तिहरुलाई गमनशिलता सहजीकरणका लागि सेतो छडी(ह्वाईटक्यान) वितरण गरिएको थियो ।