चैत २२ सल्यान – दार्मा गाउँपालिका स्वास्थ्य शाखाकाे आयाेजनामा टाइफाइड खाेप अभियान तथा उक्त नियमित खाेपमा टाइफाइड खाेपकाे सुरुवात सम्बन्धमा पालिका स्तरिय अभिमुखिकरण गाेष्ठी सम्पन्न भएकाे छ ।

उक्त गाेष्ठीमा स्वास्थ शाखा प्रमुख यज्ञ बहादु बस्नेतले गाेष्ठीकाे बारेमा प्रकाश पार्दै २०७८/१२/ २५ देखि २०७९ /१/८ गते सम्म चल्ने र साे खाेप अभियानमा आफ्नाे ठाउँबाट सहयाेग सक्रिय रुपमा सहभागी भइ सफल बनाउन अनुरोध समेत गरेका छन।

उक्त खाेप अभियान नेपाल सरकारले देशभर टाइफाइडकाे संक्रमणबाट फैलिने जाेखिम बढेकोले खाेपलाई अभियानकाे रुपमा लिएकाे र खाेप अनिवार्य गर्नु पर्ने नेपाल सरकारकाे रणनिति अनुसार दार्मामा पनि खाेप अभियान संचालन र अनिवार्य गर्न पर्ने स्वास्थ्य शाखाले जनाएकाे छ ।

उक्त खाेप १५ महिना देखि १५ वर्ष उमेर समूहका बालबालिकालाई लगाईने छ ।

दार्मा गाउपालिका उपाध्यक्ष टीका वलीकाे प्रमुख आतिथ्यतामा भएकाे गाेष्ठीमामा गाउँपालिकाका सबै शाखा प्रमुखहरु ,स्वस्थ्य केन्द्र तथा ईकाई प्रमुखहरु, विद्यालयका प्र.अहरु ,नेपाल रेडक्रस साेसाइटी ,विभिन्न सरकारी तथा गैर सरकारी संघस्थाका प्रतिनिधिहरुकाे उपस्थिति थियाे।

प्रकाशित मिति : २०७८ चैत्र २२ गते मङ्गलवार