चैत २१ जाजरकोट – आइतबार बेलुका राजनिती प्रतिवाद र जातिय अपहेलाना गर्दै कुटपिट गरेकाे भन्दै साेमबार (आज) बिहानै देखि सामाजिक संजालमा रक्ताम्य फाेटाे सार्वजनिक भएकाे छ।

उक्त फाेटाे सहित छेडागाड नगरपालिका वडा नं ८ का नेकपा (एमाले) जिल्ला कमिटी जाजरकोटका सदस्य समेत रहेका सत्यानारायण गिरीले सोहि ठाउँ कै लालबहादुर नेपालीलाई गम्भीर रुपमा कुटपिट भएको उल्लेख छ।

त्यस घटनालाई अहिले सामाजिक संजालमा राजनिती र जातिय विभेदकाे रुपमा भएको हुदा दाेषिलाई कारबाहीकाे माग गर्दै कतिपय मानवअधिकार कर्मिले र विशेषगरी जातिय मुद्दा माथि न्यायका लागि कलम चलाउनेहरुले आवाज उठाइ रहेका छन।

सरु सुनार: मानवअधिकार कर्मी, पत्रकार तथा विशेषगरी जातिय मुद्दा माथि न्यायका लागि कलम चलाउदै आएकि छन।

तर उता घटनामा संग्लन दुवैजना भने सबैतिर आफुहरुकाे उक्त घटनाप्रति अपवाह फैलाइएकाे भन्दै प्रहरी समक्ष नै उपस्थित भएर दुवैले मदिरा सेवन गरेकाे बेला सामान्य आपसी विवाद भएकाे र आफुहरुमा कुनै मनमुटाव नरहेकाे स्पष्ट पारेका छन।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार दुवैजना प्रहरीमा आफै उपस्थित भएर उक्त घटनाबारे आफुहरुमा मनमुटाव नभएको र मदिरा सेवन गरेकाे बेला सामान्य विवाद भएको त्यतिबेला नै कसैले फाेटाे सार्वजनिक गरेकाे भएपनि दुवै जना छिमेकीछिमेकी रहेकाे हुदा पनि आफुमा मेलमिलाप नै रहेकाे बताएका छन।

इलाका प्रहरी कार्याल बडा मन्दिरमा उपस्थित भएर पिडित भनिएका लालबहादुर नेपालीले मदिरा सेवन गरेकाे हुदा हातपात भएको तर जातिय विभेद अनुसार कुटपिट नभएकाे लिखितरुपमा मिडियालाई जानकारी भन्दै घटनाको विवरण उल्लेख गरेका छन।

पिडित नेपालीले लेखेकाे मिडियालाई जानकारी

पिडितले नै दुवैजनामा मनमुटाव नभएको बताए पछि प्रहरीको राेहबरमा दुवैजना बिच मेलमिलाप कायमै रहेकाे उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक खुमान्नद पाण्डेले जनसहारासंग बताए।

प्रहरी निरीक्षक पाण्डेका अनुसार उनिहरु प्रहरीमा आएपछि आफुले पनि फाेन मार्फत पिडित भनिएका नेपालीलाई बाहिर जातिय अपहेलना गरेर कुटपिट भएको भन्ने छ यदि त्यसाे हाे भने जिल्ला प्रहरी कार्यालय आउन पनि आग्रह गरेकाे तर पिडित नेपालीले मनमुटावकाे रुपमा नलिएकाे हुदा इलाका प्रहरी कार्यालय बडा मन्दिरबाट नै उनिहरु फर्किएको बताए।

जनसहारा संग कुरा गर्दै प्रहरी निरीक्षक पाण्डेले भने; उहाँहरु दुवैजना नै आफै मिल्नु भएको छ, मदिरा सेवन गरेकाे बेला सामान्य विवाद भएपछि हातपात हुदा नाकबाट रगत आएकाे रहेछ गहिरो चाेट छैन, पिडितले नै हामी मेलमिलापमै छौ भनेपछि अरु प्रक्रिया बढाउने भएन तर पनि केही दिन उहाँहरु माथि प्रहरीले निगरानी राख्ने गरि मिलापत्र भएर जानुभएको छ।”

प्रकाशित मिति : २०७८ चैत्र २१ गते सोमवार