चैत १९ बुटवल – शालिकको टाउको चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका वडा नं. -५ बस्ने ४२ वर्षिय कमल नेपाली र साेहि ठाउँका ३२ वर्षिय शंकर परियारलाई शुक्रबार पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
उनिहरुले बुटवल उपमहानगरपालिकाको वडा नं. -५ मा पर्ने राजमार्गको बिचमा रहेको उजिर सिंहको शालिक तोडफोड गरी शालिकको टाउको चोरी गरेकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगप्रसाद केसीले बताए।
पक्राउ परेका दुवै जना विरुद्ध अपराधिक उपद्रव कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए ।