चैत १७ राेल्पा – लुम्बिनी प्रदेशका मुख्य मन्त्री कुलप्रसाद केसीले केहिदिन यता आफुमाथि लागेकाे आराेप गलत भएको दाबी गरेका छन।
बिहीबार गृह जिल्ला रोल्पाको लिबाङमा नेपाल घरेलु तथा साना उद्योग महासंघ रोल्पाको आयाेजनामा सुरुभएकाे प्रादेशिक औद्योगिक,लघु,घरेलु,कृषि,खेलकुद तथा प्रविधि प्रदर्शनी व्यापारी एवं पर्यटन महोत्सवको उद्वघाटन समारोहलाई सम्बाेधन गर्दै मुख्यमन्त्री केसीले प्रतिपक्ष दलका केहीँ व्यक्तिकाे विराेधमा सत्तारूढ दलहरु बिच गठबन्धन हुने निश्चित भएपछि प्रतिपक्षले गठबन्धन कमजाेर बनाउन लुम्बिनीमा आफू मागि विभिन्न आराेप लगाउन सुरु भएको बताएका छन।
फेरी अबको पाँच वर्षसम्म पाँच दलिय गठबन्धन दलहरु स्थान हेरेर गठबन्धन एक भएर जाने हुदा स्थानीय तहमा पनि सत्तारुढ दलहरू तालमेल गरेर चुनावमा होमिने बताउदै आफुहरुको गठबन्धन देखेर विपक्ष दल सलबलाई रहेकोे बताए।
अहिलेसम्म रोल्पा युद्धको केन्द्रकाे रुपमा परिचित भएकोमा अब रोल्पा श्रृजना र मेहनतको जिल्ला बन्नुपर्ने बताउदै कृषि,शिक्षा रोजगारको हिसाबले सक्षम हुनुपर्ने र राेल्पामा उत्पादन भएका वस्तुहरु प्रदेशसम्म जोड्न सकेमा यहाँका नागरिकको आर्थिक स्तरमा सुधार आउने बताए।
नेकपा (एमाले) लुम्बिनी प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री केसीको राजीनामा बुधबार राजिनामा माग गरेकाे थियाे। लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्कामा मुख्य मन्त्री केसीको मिलेमतोमा नै ठेक्का रद्ध समेत हुन पुगेकाे भन्दै एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले पत्रकार सम्मेलन गरि मुख्यमन्त्री केसीको राजीनामा माग गरेका हुन।