चैत १५ कास्की – नाबालिका बलात्कार अभियोगमा पुर्पक्षका लागि कारागार चलान भएका अभिनेता पुर्ण विक्रम शाह (पल शाह) ले जिल्ला अदालत तनहुँको आदेश विरुद्ध उच्च अदालतमा निवेदन दिएका छन।
मंगलबार शाहका तर्फबाट बहस गर्दै आएका ११ जना कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतकाे थुनछेक आदेश विरुद्ध पुनरावेदनका लागि धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन माग गर्दै उच्च अदालत पोखरामा निवेदन दिएका छन।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले चैत १० गते कारागारमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि शाहीलाई जिल्ला कारागार तनहुँमा राखिएको थियाे।