चैत १४ राेल्पा – स्थानीय तह निर्वाचनको मुखमा पछिल्लो समय जिल्ला दौडाहामा रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड साेमबार महान जनयुद्धको उद्दगम थलाे मानिने राेल्पा पुगेका हुन।

राेल्पामा प्रचण्डले झन्डै ६ कराेड लागतमा बनेकाे जनयुद्ध स्मृति भ्यु टावरकाे उद्वघाटन र पार्टीको बृहत् जनसभालाई सम्बाेधन गरेका हुन। प्रचण्डले क्रान्तिकाे आधार इलाका राेल्पा रहेकाले याे क्षेत्र माओवादीकाे लाल किल्ला समेत भएको बताएका छन।

सात वर्षपछि राेल्पातिर फर्केका प्रचण्डले आफुलाई अप्ठ्यारो पर्दा राेल्पामा आउने र सम्झने गर्ने गरेकाे बताउदै राेल्पालीकाे उर्जाले आफुलाई छुट्टै खालको नयाँ रणनीतिक याेजना बनाउने मार्ग बनेकाे समेत बताएका हुन।

आगामी निर्वाचनको लागि पार्टीकाे तयारी बारे बाेल्दै प्रचण्डले कसैकाे भर नपरी आफ्नै शक्तिमा निर्वाचन लडने र उता फेरि अहिलेकाे गठबन्धन पनि कायमै हुनुपर्ने भन्दै दुई धारे धारणा राखेका छन।

प्रचण्डले निर्वाचन भनेकाे माओवादीका लागि लडाइँ भएको भन्दै विगतकाे ईतिहास हेरेर त्याे लडाइँमा पनि माओवादीले आफ्नो पक्षमा कब्जा गर्नुपर्ने बताए। आफुहरु कसैप्रति जाइ नलाग्ने जाइ लाग्ने माथि तुरुन्तै आइलाग्ने र इटकाे जवाफ पत्थरले दिने जिकिर गरे। अहिलेका उत्कृष्ट स्थानीय तह मध्ये धेरैजसाे माओवादी एक्लै निर्वाचित भएका पालिकाहरु भएकाे हुदा पनि माओवादी आफ्नै आडमा निर्वाचनमा लडने बताए।

त्यस्तै फेरि उता गठबन्धन पनि छाेडन मन नगरेका प्रचण्डले गठबन्धन तिर पनि ध्यान दिनुपर्ने बताएका हुन। विगतमा प्रतिगमन तत्वलाई हटाएर देशलाई दुर्घटनाबाट बचाउन याे गठबन्धनले भुमिका खेलेकाे हुदा गठबन्धन हुनुपर्ने बताए। विगतमा संविधान माथि नै प्रहार हुने गरि देशलाई दुर्घटना गराउन खाेज्दा गठबन्धन बनेर नै संविधानकाे रक्षा गर्न र देशलाई दुर्घटनाबाट बचाउन गठबन्धनले एउटा इतिहास खडा गरेकाे हुदा गठबन्धन अपरिहार्य रहेकाे पनि बताएका हुन।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार