चैत १४ राेल्पा – बिहान १० बजे राेल्पा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राेल्पा नगरपालिकाद्वारा निर्मित करिब ६ करोडको लागतमा बनेकाे जनयुद्ध स्मृति भ्यु टावरको उदघाटन गरेका छन।

अध्यक्ष प्रचण्डले रिबन काँटेर उक्त भ्यु टावरकाे उदघाटन गरेका हुन। युद्ध पर्यटनलाई टेवा पुर्‍याउने र सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका सहिदकाे सम्झना स्वरुप उक्त टावरकाे निर्माण गरेकाे राेल्पा नगरपालिकाका नगर प्रमुख पूर्ण केसीले बताए।

रोल्पा नगरपालिका-३ सातदाेबाटोमा बनाइएको भ्यु टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका करिब १ हजार बढी सहिदको नाम समेत राखिएको छ भने कतिपयको शालिक पनि निर्माण गरिएको छ। प्रचण्डले यसपछि लिबाङमा आयाेजित जनसभालाई सम्बाेधन गर्ने छन्।

प्रकाशित मिति : २०७८ चैत्र १४ गते सोमवार