चैत १३ काठमाडौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दहाल(प्रचण्ड) चैत १४ अर्थात भाेली रोल्पा जान लागेका छन।
स्थानीय तह निर्वाचन नजिकिए संगै जिल्ला दौडाहामा रहेका प्रचण्ड नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रोल्पाले आयोजना गरेकाे सदरमुकाम लिबाङमा बृहत जनसभालाई सम्बोधन गर्न राेल्पा जान लागेका हुन।
प्रचण्ड भाेलि बिहान १० बजे हेलिकप्टर मार्फत लिबाङ स्थित आर्मी ब्यारेकमा अवतरण भएर त्यस लगतै राेल्पा नगरपालिकाद्वारा निर्मित जनयुद्ध स्मृति भ्यु टावरकाे ११ बजे उदघाटन गरि दिउसाे १ बजे लिबाङमा हुने जनसभालाई सम्बाेधन गर्ने कार्यक्रम रहेकाे माओवादी केन्द्र राेल्पाले जनाएको छ।

तस्बिर; राेल्पा नगरपालिकाकाे सचिवालय
उक्त जनसभालाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महरा,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा शिक्षा तथा स्वास्थ्य सभापति जयपुरी घर्ती,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य जोग बहादुर महरा,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सीता आचार्य,नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य दिपेन्द्र कुमार पुन लगाएतका केन्द्रिय नेताहरुले पनि सम्बोधन गर्ने समेत माओवादी केन्द्र राेल्पाले जनाएको छ।