चैत १३ काठमाडौ – पछिल्लो समय नेपालकाे अर्थतन्त्र अस्तव्यस्त भएको भन्दै विभिन्न निकायहरुले चासाे दिइरहेका बेला कांग्रेसमा भने अर्थमन्त्रीकाे राजिनामा माग्ने तिर आवाज उठन थालेकाे छ।
प्रमुख सत्तारुढ दल समेत रहेकाे नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अर्थमन्त्री अर्थतन्त्रको सूचकप्रति जिम्मेवार नदेखिएकाले असक्षम भएकाे भन्दै व्यापार घाटा बढेको, अर्थतन्त्र ओरालो लागेको र सुधारको प्रयास नभएको तथा तत्काल निर्वाचनकाे समय समेत आइसकेको र निर्वाचन आयाेगले बजेट माग गरेकाे हप्तौं बित्दा समेत बजेट विनियोजन गर्न नसकेकाले अर्थमन्त्री जनार्दन शर्मा असक्षम भएको पुष्टि भएका कारण राजिनामा दिनुपर्ने प्रतिनिधि सभा सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेहीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासंग माग गरेका हुन।