चैत १२, सल्यान – योङ कम्युनिष्ट लिग (YCL) नेपालले संगठन विस्तारका कार्यक्रमहरुलाई तिव्रता दिएको छ ।
आगामी स्थानीय चुनाव लक्षीत संगठ विस्तार तिव्र गराउने क्रममा आज योङ कम्युनिष्ट लिग (YCL) नेपाल बागचौर नगरपालिका वडा नं.४ र ५ को प्रथम भेला सम्पन्न भएको छ ।

बागचौर नगरपालिका वडा नं. ४ को भेलाबाट सर्बसम्मत सरोज विकको अध्यक्षतामा ४५ सदस्यीय वडा समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा हरि सुनार, सचिवमा बिनोद कुमार खत्री, सह- सचिवमा शुसिला सुनार र कोषाध्यक्षमा शेर बहादुर ओलि रहेका छन ।
यस्तै बागचौर नगरपालिका वडा नं. ५ मा कमल वलीको अध्यक्षतामा ४५ सदस्यीय वडा कमिटी गठन गरिएको छ । जसमा उपाध्यक्ष लोकेन्द्र भण्डारी, जनक वली, विशाल बस्नेत, सचिव प्रदिप विष्ट, सह-सचिव राजेन्द्र भण्डारी, विष्णु रावत र कोषाध्यक्ष हिमानी पुन रहेका छन ।
आगामी चुनावमा नेकपा माओवादी केन्द्रलाई बहुमतले जिताउने उद्देश्यका साथ संगठ विस्तारलाई तिव्र पारिएको YCL केन्द्रीय परिषद् सदस्य एवम् क्षेत्र नं. १ ईन्चार्ज निराजन के.सी.ले बताएका छन ।

प्रकाशित मिति : २०७८ चैत्र १२ गते शनिवार