चैत ११ सल्यान – आगामी वैशाख ३० मा हुन लागेकाे स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीकाे दरखास्त म्याद सकिए संगै सल्यानमा आवश्यक भन्दा तेब्बर भन्दा बढी संख्यामा दरखास्त परेका छन।

स्थानीय तह निर्वाचनका लागि सल्यानमा म्यादी प्रहरी जम्मा आवश्यक संख्या १०७३ जना रहेकाेमा दरखास्त म्याद सकिदा सम्म जम्मा ३४०८ दरखास्त दर्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ।

जस मध्ये पुरुष २७०२ र महिला ७०६ जनाले दरखास्त दिएका छन। जसमध्ये पुर्व म्यादी पुरुष २५३ र महिला ३७ छन भने पुर्व सुरक्षाकर्मी तर्फ पुरुष १४ जना र सुरक्षा निकायबाट पुरुष ५४ र महिला ३ जनाकाे दरखास्त परेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक अर्जुन पौडेलले जनसहारासंग बताए।

दरखास्त दिएकाहरुले चैत १३ गते जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न र १५ गते देखि आवश्यक छनाेट प्रक्रियाका लागि तयारी गरिने प्रवक्ता प्रहरी निरीक्षक पौडेलले बताए।

स्थानीय तह निर्वाचनका लागि सुरक्षा सहयाेग भन्दै नेपाल प्रहरीले देशभरि चैत ६ देखि ११ गते अर्थात आज सम्म १ लाख जनाकाे दरखास्त माग गरेकाे थियाे।

प्रकाशित मिति : २०७८ चैत्र ११ गते शुक्रवार