चैत १० तनहुँ – नाबालिक बलात्कार आराेप लागेका अभिनेता (पुर्ण विक्रम शाह) पल शाह पुर्पक्षका लागि कारागार चलान भएका छन।
जिल्ला अदालत तनहुँका न्यायाधीश हरिश्चन्द्र ढुंगानाको एकल इजलासले थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि जिल्ला कारागारमा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
शाह माथि प्रहरी अनुसन्धान सकिएकाे भन्दै प्रहरीले साेमबार रायसहितको मिसिल अदालतलाई बुझाएको थियाे। मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरि साेहि दिन ३ बजेबाट शाहसंग बयान लिएको थियाे।
शाहको पक्षबाट ११ र पीडितको पक्षबाट ९ जना कानुन व्यवसायीले बहस गरेका हुन । अदालतले शाहका म्यानेजर कृष्णप्रसाद जोशीलाई १ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ।