चैत ६ राेल्पा – पूर्व उर्जा,जलश्रोत तथा सिचाँइ मन्त्री बर्षमान पुनमगरले जेष्ठ नागरिक, सहिद बेपत्ता परिवार र अपाङ्ग नागरिकको सम्मान गर्नु राज्यको दायित्व भएको बताउएका छन।
जेष्ठ नागरिक, सहिद बेपत्ता परिवार र अपाङ्गता नागरिकको सम्मान, भलिबल प्रतियोगिता तथा साँस्कृतिक कार्यक्रमको उद्घाटन समारोहकाे प्रमुख अतिथिकाे रुपमा सम्बाेधन गर्न गृह जिल्ला राेल्पाकाे थबाङ पुगेका पुनले दस वर्षे जनयुद्धको समयमा थबाङले महत्त्वपूर्ण भुमिका खेलेको बताउदै सधै देशले सम्झी रहेको समेत बताए।
थबाङ रोल्पा जिल्लाको ऐतिहासिक महत्त्व बोकेको र धेरै राजनीति व्यक्ति जन्माउन सफल भएको भन्दै संघीयता निर्माण गर्न रोल्पा, रुकुम लगाएत अन्य जिल्लाले पनि धेरै ठुलो भुमिका निर्वाह गरेको र थबाङ गाउँले कम्युनिष्ट आन्दोलनमा ठुलो योगदान गरेको र देश परिवर्तनको लागि यहाँका जनताको अमुल्य योगदान रहेकै कारण देशमा अहिले विकासको लहर छाएको दाबी समेत गरे।
“कला संस्कृतिको पहिचान र संरक्षण,नागरिकको सम्मान,खेलकुद क्षेत्रको विकास एवं सभ्य समाजको निर्माण” भन्ने मुल नाराका थबाङ गाउँपालिका वडा नं.२ काे कार्यालय थबाङ ठुलो गाउँको आयोजनामा जेष्ठ नागरिक,सहिद बेपत्ता परिवार र अपाङ्गता नागरिकको सम्मान,भलिबल प्रतियोगिताको एक कार्यक्रमको बीच उद्घाटन गरिएको हो। उक्त कार्यक्रममा थबाङ गाउँपालिका -२ भित्र रहेका जेष्ठ नागरिक,सहिद बेपत्ता परिवार र अपाङ्ग नागरिकहरु करिब १२० जनालाई अभिनन्दन गरिएको छ।
साेहि कार्यक्रम मार्फत “हामी सबैको प्यारो थबाङ गाउँपालिका गीत” र सुर्यलाल बुढाकाे “राेल्पामा कम्युनिस्ट पार्टीको आरम्भ र थबाङ” नामक किताबको पनि विमाेचन गरिएकाे छ।
उक्त कार्यक्रममा पुर्व सभामुख ओेनसरी घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र पुन लगाएत गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती, उपाध्यक्ष रामकिरणी राेका मगर लगाएत जनप्रतिनिधि, विभिन्न राजनितीक दल, शिक्षक , विद्यार्थी, पत्रकारफ कलाकार तथा स्थानीयकाे उपस्थिति रहेको थियाे।