चैत ५ दाङ – जुवा तास खेलिरहेका सात जनालाई दाङ प्रहरीले नगदसहित पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर-१२ बस्ने २९ वर्षीय टोपेन्द्र बुढामगर, तुलसीपुर-७ बस्ने ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपुर-५ बस्ने ३० वर्षीय साहिद राई, सोही वडाका २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी रावत र बाँके नेपालगन्ज उपमहानगरपालिका-१६ बस्ने २४ वर्षीय सलमान साह रहेको र होटल सञ्चालक भुवन खड्का फरार रहेकाले उनको खाेजि भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए।

तुलसीपुर-५ नयाँ बसपार्क स्थित ग्रीनभ्याली गेष्ट हाउसमा धनराशि सहित जुवातास खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा शनिबार दिउँसो करिब साढे २ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी नायव उपरीक्षक अर्यालको कमान्डमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामै नगद ७८ हजार १२० रुपैयाँ सहित पक्राउ गरेकाे हाे।

पछिल्लो समय तुलसीपुर बजारभित्र अत्यधिक जुवातास खेल्ने गरेकाे गुनासो आएपछि संकास्पद ठाउँहरुमा प्रहरीले निगरानीमा राखि अनुसन्धान समेत गर्दै आएकाे र उनिहरु विरुद्ध मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ उपदफा १ बमोजिम अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक अर्यालले बताए।

प्रकाशित मिति : २०७८ चैत्र ५ गते शनिवार