चैत ४ सल्यान – दार्मा गाउँपालिकामा सहिद स्मृति कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे बिहीबार उदघाटन गरिएको छ।
दार्मा गाउँपालिकाको आयोजनामा वडा नं-३,स्थित जनज्योति माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको छ। उक्त प्रतियोगितामा गाउँपालिका अन्तर्गतका विभिन्न ६ वटा माध्यमिक तहका विद्यालयहरु सहभागी भएको गाउँपालिकाले जनाएको छ।
तीन दिन सम्म संचालन हुने उक्त प्रतियोगितामा विभिन्न २८ पदकका लागि विद्यार्थीले प्रतिस्पर्धा गर्ने र उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोगिता सम्ममा सहभागी गराउने उद्देश्यले रनिङ शिल्ड आयोजना गरिएको गाउँपालिका अध्यक्ष निम बहादुर केसीले बताए।
चैत्र ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा माध्यमिक तहका छात्र र छात्राका लागि छुट्टाछुट्टै १४/१४ वटा खेलहरू आयोजना गरिएको छ।
अध्यक्ष कपको नामबाट सञ्चालन हुने गरेको खेलकुद प्रतियोगिता २०७७ सालदेखि गाउँपालिका अध्यक्ष केसीले सहिदहरूको सम्मानमा ‘सहिद स्मृति कप’ नामाकरण गर्ने घाेषणा गरेका हुन।
खेलकुद क्षेत्रको विकासका लागि दार्मा गाउँपालिकाको खेलकुद विकास ऐन, २०७८ जारी गरिएको छ । त्यसैगरी युवा क्लव तथा खेल समूहका लागि खेल सामग्री प्रदान, विभिन्न अवसरमा खेलकुद प्रतियोगिताको आयोजना, खेलमैदान निर्माण, खेलाडी सहभागिता, उत्कृष्ट खेलाडीहरूको सम्मान लगायतका कार्यक्रमहरू गाउँपालिकाले सञ्चालन गर्दै आएको छ ।