चैत २ काठमाडौं – सरकारी छाप किर्ते गरेकाे अभियाेगमा १२ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, काठमाडौं सामाखुशी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका-८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौं मनमैजु बालाजु बस्ने म्याग्दी बेनि नगरपालिका-५ घर भएका ३३ वर्षीय रामजी परियार, काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई छन।

त्यसैगरी काठमाडौं गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका-५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, काठमाडौं गौशाला बस्ने रामेछाप गागल गाउँपालिका-८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका-२ घर भएका रमेश बजगाई, काठमाडौं माछापोखरी बस्ने काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दिप मैनाली, काठमाडौं धुम्बाराही पिपलबोट बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २१ वर्षीय अभिषेक मगर, काठमाडौं सिनामंगल बस्ने दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्‍जन तिवारी र काठमाडौं कलंकी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ रहेका महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्‍वरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा उनिहरुलाई पक्राउ गरेकाे प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हाे।

बरामद सामानहरु

मोबाइल फोन थान- १४ ।
– बिभिन्न सरकारी एवम् नीजि छाप थान-१० ।
– Consular विभागको छाप थान- १ ।
– राष्ट्रिय परीक्षा बोर्डको छाप थान- १ ।
– परीक्षा नियन्त्रण कार्यालयको छाप थान- १ ।
– Taranath Associates registered auditor को छाप थान- १ ।
– Nepalaya Education F. S. School को छाप थान- १ ।
– Ward Chairperson को छाप थान- १ ।
– Krishna Prasad Sharma को सहि छापको छाप थान- १ ।
– Kimraj Baral को सहिछापको छाप थान- १ ।
– Hotel Mountain PVT. LTD को छाप थान- १ ।
– देवल माध्यमिक बिद्यालय, डडेलधुराको छाप थान- १ ।

उनिहरुले किर्ते गरेका विभिन्न सरकारी कागजपत्रहरू

१. Police Clearance Certificate थान-३ ।
२. Ministry of Health and Population Covid-19 Vaccine Certificate थान-१ ।
३. E-Passport Application Form थान-५ ।

उनिहरु माथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद-२५ अन्तर्गत दफा २७६ को उपदफा (१) बमोजिम ‘किर्ते गर्न नहुने कसूर’ मुद्दामा अदालतबाट म्याद थपगरि वृतले थप अनुसन्धान कार्य गरिरहेकाे जनाएको छ।

प्रकाशित मिति : २०७८ चैत्र २ गते बुधवार