फागुन २४ सल्यान – बागचौर नगरपालिकाले पाँच वर्षको अवधिमा सम्पन्न गरेका र हुँदै गरेका विकास योजनाहरुको प्रारम्भिक विवरण सार्वजनिक गर्नेक्रममा वडा नं.४ को विवरण पनि सार्वजनिक गरेको छ ।
पाँच वर्षको अवधिमा संघ, प्रदेश र स्थानीय सरकारबाट निर्माण सम्पन्न भएका र निर्माण हुने क्रममा रहेका विकास योजनाहरुको प्रारम्भिक विवरण अनुसार वडा नं.४ को कुल जम्मा विनियोजित बजेट रकम १२ करोड ८६ लाख १५ हजार रहेकाे नगरपालिकाले जनाएको छ।
सडक पुर्वाधार विकास तर्फ
१) सहिद रिङरोड (खोरबारे देखि पानीढल) ट्रयाक ओपन २८ लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) बाङ्गे, कोएलघारी हुँदै हिमचौर जाने सडक ट्रयाक ओपन (क्रमागत) ४५ लाख, प्रदेश सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
३) पेदिखोला देखि रातिघारी नमुना मगर बस्ती सडक ट्रयाक ओपन (क्रमागत) २२ लाख लाख ५० हजार, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम ।
४) पेदिखोला देखि बडाचौर सडक स्तरवृद्धि ४० लाख, स्थानीय सरकार ।
५) डाँडागाउँ देखि भिरगाउँ सडक ट्रयाक ओपन २० लाख, स्थानीय सरकार र प्रधानमन्त्री रोजगार कार्यक्रम साझेदारी ।
६) सिमखोली देखि लौराबाङ हुँदै खौला सडक ट्रयाक ओपन ४५ लाख, स्थानीय सरकार र मुख्यमन्त्री रोजगार कार्यक्रम ।
७) डुरखोला देखि झाँक्री डेरासम्म सडक ट्रयाक ओपन ७ लाख, स्थानीय सरकार ।
८) सेती बुराँस देखि पैयाँडाँडा सडक निर्माण ५ लाख ।
९) पैयाँडाँडा देखि जलेखर्क सडक निर्माण (क्रमागत) ६ लाख ।
१०) भगवती आवि देखि बल्लेजुरा जाने सडक २ लाख ।
११) मजागाउँ देखि जलेखर्क जाने सडक (क्रमागत) ८ लाख ।
१२) पंचासे देखि भुसखोला सडक (क्रमागत) ६ लाख ५० हजार ।
१३) सेती बुराँस विक टोल देखि किमेरेखानी सडक ३ लाख ।
१४) ठुलाचौर देखि तिमिलेडाँडा सडक मर्मत ३ लाख ।
१५) घाटबुरा देखि काँकरबियाँ सडक ५ लाख ।
१६) काँकरबियाँ देखि खौला सडक (क्रमागत) १० लाख ।
१७) मुलखोला देखि बमेलगाउँ सडक ट्रयाक ओपन १ लाख ।
१८) बिस्टा पनेरा देखि लल्लुगैरा हुँदै नमुना मगर बस्तीसम्म सडक निर्माण २३ लाख ५० हजार, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
१९) वडाका सम्पुर्ण सडक मर्मत (क्रमागत) १० लाख ।
२०) मुख्य सडकहरु मर्मत सम्भार (लेन्थ वर्कर पारिश्रमिक) (क्रमागत) ९ लाख, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
सडक पुर्वाधार विकास तर्फ जम्मा (४५ कि.मी.) रु.२ करोड ९९ लाख ५० हजार ।
गोरेटो बाटो निर्माण तर्फ
१) बाङ्गे देखि पेदिखोला गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
२) बाउना पोखरी देखि डाँडागाउँसम्म गोरेटो बाटो निर्माण २ लाख ५८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
३) राणागाउँ देखि कोएलघारीसम्म गोरेटो बाटो मर्मत तथा सल्याब निर्माण २ लाख, स्थानीय सरकार ।
४) गलखोली देखि जवारीसम्म गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
५) बमेलगाउँ, देखि चिप्ले गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
६) ठुला ढुङ्गा देखि बोक्सी खोला गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
७) सिमखोली देखि बेरुबोट हुँदै हिउँदे खोलासम्म गोरेटो बाटो निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
८) मुलखोला सामुदायिक बन आर्मी क्याम्प शिव मन्दिर जाने गोरेटो बाटो निर्माण २ लाख, स्थानीय सरकार ।
गोरेटो बाटो निर्माण तर्फ जम्मा रु.२० लाख ७१ हजार ।
खानेपानी तर्फ
१) मुलखोला देखि पेदिखोला खानेपानी योजना ७ लाख, स्थानीय सरकार ।
२) कोएलघारी खानेपानी योजना (क्रमागत) ११ लाख, स्थानीय सरकार ।
३) नमुना बस्ती खानेपानी ट्यांकी निर्माण ३ लाख ५० हजार ।
४) घोगरेनी खोला देखि डाँडागाउँ खानेपानी ट्यांकी निर्माण ४ लाख ।
५) ठारासिम देखि धौलिपुजे खानेपानी ट्यांकी निर्माण १ लाख ५० हजार ।
६) ठारासिम देखि भिरगाउँ खानेपानी ट्यांकी निर्माण ३ लाख ।
७) अम्रेखोला खानेपानी धारा मर्मत ३ लाख ।
८) मोख्याडाँडा खानेपानी ट्यांकी निर्माण (क्रमागत) ३ लाख ।
९) मुलाखोला देखि राउटे रह्या खानेपानी योजना (क्रमागत) ३ लाख ५० हजार ।
१०) हिउँदेखोला देखि सिमखोली खानेपानी (क्रमागत) ८ लाख ।
११) बाँसाखोला देखि पैयाँडाँडा खानेपानी मर्मत ४ लाख ।
१२) किमेरे खाने बाट सेतिबुराँस खानेपानी मर्मत ३ लाख ।
१३) चिमेरे खोली देखि गलखोली खानेपानी ट्यांकी निर्माण २ लाख ५० हजार ।
१४) बौला पोले देखि छाप, सल्लेरी पाखा बल्लेजुरा खानेपानी ९ लाख, मुख्यमन्त्री रोजगारी कार्यक्रम । (कार्यान्वयन हुन बाँकी)
खानेपानी तर्फ जम्मा रु.६६ लाख ।
सिँचाइ तर्फ
१) पात्ले खेत देखि सिमखोली हुँदै ठाम्मरबोट सिँचाइ कुलो निर्माण २० लाख, मुख्यमन्त्री रोजगार कार्यक्रम ।
२) पातले खेत देखि छारे ओरालसम्म सिँचाइ योजना (क्रमागत) १३ लाख ५० हजार । (कार्यान्वयनको क्रममा रहेको) प्रदेश सरकार र स्थानीय सरकार साझेदारी ।
३) आगर खोली देखि घर्तिगाउँ सिँचाइ ट्यांकी निर्माण ३ लाख ।
४) घर्तिगाउँ लिफ्ट सिँचाइ योजना ५ लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
५) दुधलाबोट लिफ्ट सिँचाइ योजना १० लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
६) रातिघारी लिफ्ट सिँचाइ योजना १० लाख, प्रदेश सरकार कृषि विकास कार्यालय सल्यान ।
सिँचाइ तर्फ जम्मा रु.६१ लाख ५० हजार ।
विद्युत लाइन विस्तार तर्फ
१) बाङ्गे देखि पेदिखोला बजारसम्म विद्युत मेन लाईन विस्तार (ट्रान्सर्फमर सहित) २२ लाख, संघीय सरकार ।
२) पेदिखोला देखि बमेलगाउँ विद्युत लाइन विस्तार ३ लाख, स्थानीय सरकार ।
३) पेदिखोला देखि बमेल गाउँ विद्युत लाइन विस्तार ३ लाख, स्थानीय सरकार ।
४) चौपारी, कोएलघारी विद्युत लाइन विस्तार १० लाख, स्थानीय सरकार ।
५) पेदिखोला नमुना मगर बस्ती ७ लाख, स्थानीय सरकार ।
६) सिमखोली देखि सेती बुराँस हुँदै पैयाँडाँडा विद्युत (ट्रान्सर्फमर सहित) १५ लाख, स्थानीय सरकार ।
७) रातीघारी, राउटे रह्या, भिरगाउँ, धौलीबिरे, मजागाउँ, काँकरबियाँ कोलडाँडा, घुस खोला, खोरबारे र जौबारी टोल विद्युत लाइन विस्तार ५८ लाख, स्थानीय सरकार र संघीय सरकार साझेदारी । (कार्यान्वयन हुने क्रममा रहेको ) यो बजेट कार्यान्वयन सँगै ४ नं. वडा पुर्ण उज्यालो वडा हुनेछ ।
विद्युत लाइन विस्तार तर्फ जम्मा रु.१ करोड १८ लाख ।
शिक्षा तर्फ
१) श्री सरस्वती मावि पेदिखोला
i) खेलमैदान निर्माण ५ लाख, स्थानीय सरकार ।
ii) सेमिनार हल निर्माण २१ लाख, स्थानीय सरकार ।
iii) ICT तथा science ल्याब ८ लाख, जि. शि. का. सल्यान ।
iv) २ कोठा थप १० लाख, स्थानीय सरकार ।
v) खेलमैदान निर्माण २० लाख, संघीय संसद विकास कोष ।
vi) शौचालय निर्माण ५ लाख २५ हजार, स्थानीय सरकार ।
vii) दुई कोठे भवन निर्माण २० लाख, प्रदेश सरकार ।
viii) पुस्तकालय ६ लाख ५० हजार, स्थानीय सरकार ।
ix) खेलमैदान निर्माण ७ लाख, स्थानीय सरकार ।
x) ४ कोठे भवन ३६ लाख, स्थानीय सरकार ।
xi) २ कोठे भवन २० लाख, प्रदेश संसद विकास कोष ।
xii) मर्मत सुधार १० लाख, स्थानीय सरकार ।
xiii) शौचालय निर्माण ७ लाख ५० हजार, स्थानीय सरकार ।
xiv) शिक्षण सहयोग अनुदान (क्रमागत) १२ लाख ९८ हजार, स्थानीय सरकार ।
xv) डिजिटल विद्यालय निर्माण २२ लाख ५४ हजार, स्थानीय सरकार (कार्यान्वयनको क्रममा रहेको)
xvi) पर्खाल निर्माण ३ लाख, स्थानीय सरकार (कार्यान्वयनको क्रममा रहेको)
२) श्री सिद्धार्थ आवि काफलडाँडा
i) दुइकोठे भवन निर्माण १६ लाख, स्थानीय सरकार ।
ii) दुई कोठे भवन निर्माण १८ लाख, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम ।
iii) सोलार, फर्निचर खरिद २ लाख ५० हजार ।
iv) शिक्षण सहयोग अनुदान ५ लाख, संघीय सरकार ।
v) शिक्षण सहयोग अनुदान ५ लाख ७ हजार, स्थानीय सरकार
३) श्री जनता आवि खोरबारे
i) खेलमैदान निर्माण (क्रमागत) ८ लाख, स्थानीय सरकार ।
ii) वाल निर्माण २ लाख ८८ हजार ५००, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
iii) शिक्षण सहयोग अनुदान ५ लाख, संघीय सरकार ।
iv) शिक्षण सहयोग अनुदान ५ लाख ७ हजार, स्थानीय सरकार ।
४) श्री भगवती आवि लौराबाङ
i) हाता घेराबार २ लाख ५० हजार ।
ii) शौचालय निर्माण २ लाख ।
iii) शिक्षण सहयोग अनुदान ३ लाख ९० हजार, स्थानीय सरकार ।
५) श्री शिशु कल्याण आवि नमुना बस्ती (डुम्बारे)
i) भवन निर्माण १६ लाख, स्थानीय सरकार ।
ii) कोठा मर्मत तथा खेलमैदान निर्माण (क्रमागत) २ लाख ५० हजार ।
iii) शिक्षण सहयोग अनुदान ३ लाख ९० हजार, स्थानीय सरकार ।
iv) नगर बालविकास अनुदान कोटा १ लाख ८२ हजार, स्थानीय सरकार ।
शिक्षा तर्फ जम्मा रु.३ करोड ११ लाख १ हजार ५०० ।
स्वास्थ्य तर्फ
१) शिवरथ स्वास्थ्य चौकी खानेपानी, शौचालय र बर्थिङ सेन्टर निर्माण तथा व्यवस्थापन १७ लाख स्थानीय सरकार र सुहारा कार्यक्रम साझेदारी ।
कृषि तथा पशुपालन तर्फ
१) अदुवा बेसार पकेट क्षेत्र कार्यक्रम घर्तिगाउँ ६ लाख, प्रदेश सरकार ।
२) बाख्राको खोर सुधार कार्यक्रम (३२ वटा) ६ लाख, कृषि क्षेत्र विकास कार्यक्रम ।
३) भैंसीको भकारो सुधार कार्यक्रम (४० वटा) १० लाख, स्थानीय सरकार ।
४) सिमखोली लौराबाङ चौतारा भैंसी पालन समूहलाई अनुदान २५ लाख, स्थानीय सरकार र प्रदेश सरकार साझेदारी । (कार्यान्वयनको क्रममा रहेको)
५) भगवती डेरी उद्योग लौराबाङ्ग दुध संकलन केन्द्र निर्माण अनुदान ६ लाख, स्थानीय सरकार ।
६) अदुवा बेसार पकेट क्षेत्र कार्यक्रम घर्तिगाउँ ६ लाख,
७) लौराबाङ बाख्रा फर्म अनुदान १ लाख, स्थानीय सरकार ।
कृषि र पशुपालन तर्फ जम्मा रु.६० लाख ।
सल्याब पुल निर्माण तर्फ
१) कट्के खोला सल्याब पुल निर्माण ४ लाख ।
२) डुर खोला सल्याब पुल ४ लाख ।
३) ठुलढुङ्गा सल्याब पुल ४ लाख ।
४) मजागाउँ खरिबोट सल्याब पुल ३ लाख । (कार्यान्वयनको क्रममा रहेको) ।
सल्याब पुल निर्माण तर्फ जम्मा रु.१५ लाख ।
अन्य विविध तर्फ
१) खरको छानो विस्थापन कार्यक्रम (५ वटा घर) २ लाख ५० हजार, प्रदेश सरकार ।
२) वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता (३ वटा) ६ लाख । (चालू आ.व. को कार्यक्रम हुन बाँकी )
३) लक्षित वर्गका सिपमुलक तालीम (सिलाई कटाई) ३ लाख ।
४) रिचार्ज पोखरी निर्माण (७० वटा) ८ लाख ७७ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रम ।
५) मसानघाटमा प्रतिक्षालय निर्माण (३ वटा) १० लाख, २ वटा कार्यान्वयन हुन बाँकी ।
६) प्रशंसा मण्डली पेदिखोला घेराबार ५० हजार ।
७) वडा कार्यालय व्यवस्थापन २ लाख ५० हजार ।
८) ईलाका प्रहरी कार्यालय सिमखोली व्यवस्थापन सहयोग अनुदान ५० हजार ।
९) रेडियोहरुमा सूचना तथा संचार खर्च ५० हजार ।
अन्य विविध तर्फ जम्मा रु.३४ लाख २७ हजार ।
