फागुन २३ काठमाडौ – विभिन्न काम लगाउने (जब) सेन्टरहरू स्थापना गरेर सर्वसाधारणलाई काममा लगाईदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई काठमाडौबाट पक्राउ गरेकाे छ।
कोटेश्वर, नयाँ बानेश्वर, चाबहिल, बालाजुलगायत स्थानबाट प्रहरीले आइतबार उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा अर्घखाँची छत्रदेव गापालिका वडा नं. ६ ठुलापोखरी घर भई हाल जिल्ला भक्तपुर , लोकन्थली बसी काठमाडौ महानगरपालिका -१० नयाँ बानेश्वर स्थित Society Welfare facilities management services Pvt.Ltd. का सञ्चालक वर्ष २६ को अमर पाण्डे, साेहि ठाउँ घरभई हाल काठमाण्डौ पेप्सिकोला बस्ने वर्ष ३२ को तिलकराम पाण्डे, लमजुङ दुधपोखरी गाउँपालिका -२ घर भई हाल काठमाडौ तारकेश्वर नगरपालिका जरखुं बस्ने काठमाडौ महानगरपालिका -१६ बालाजु स्थित दुध पोखरी जब प्लेसमेन्ट एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक वर्ष २२ को आनन्द मरहठ्ठा, सिराहा , सिराहा नगरपालिका वडा नं. १९ घर भई हाल ललितपुर सानोगाँउ बस्ने काठमाडौ महानगरपालिका -३२ कोटेश्वर स्थित NN Multipurpose Pvt.Ltd. का सञ्चालक वर्ष २३ को विवेक यादव छन।
त्यसैगरी ओखलढुङगा सिद्दिचरण नगरपालिका वडा नं. -३ अधेँरी घर भई हाल काठमाडौ कपन बस्ने काठमाडौ महानगरपालिका -३२ आकाशेपुल स्थित -ABS Job and training Center pvt.Ltd र हलेसी सेक्युरिटी सर्भिस प्रा.लि.का सञ्चालक वर्ष २८ का अश्विन राई, सिन्धुली फिक्कल गाउँपालिका वडा नं. -२ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने काठमाडौ महानगरपालिका वडा नं. -३२ कोटेश्वर स्थित सिन्धु रोजगारी सेवाका सञ्चालक वर्ष २२ का घनश्याम पहाडी, रौतहट चन्द्रपुर नगरपालिका वडा नं. -४ घर भई हाल जिल्ला काठमाण्डौ जडिबुटी बस्ने चाबहिल स्थित प्राश्ना जब ईन्टरनेशनल मल्टिप्रपोज प्रा.लि. का सञ्चालिका वर्ष २५ की सृजना लामिछाने, मोरङ विराटनगर उपमहानगरपालिका – ४ घर भई हाल काठमाण्डौ जिल्ला कोटेश्वर बस्ने काठमाडौ महानगरपालिका -३२ कोटेश्वर स्थित Quickmandu MP Pvt.Ltd.का सञ्चालिका वर्ष ४० की ज्ञानु न्यौपाने र रौतहट मौलापुर गाँउपालिका वडा नं.-५ घर भई हाल जिल्ला काठमाण्डौ कोटेश्वर बस्ने काठमाडौ महानगरपालिका -३२ कोटेश्वर स्थित अनमोल जब मल्टिपल प्रा. लि.का सञ्चालक वर्ष २२ का रामवचन कुमार यावद रहेकाे महानगरीय अपराध महाशाखाले जनाएको छ।
प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेका तथ्यहरु
उल्लेखित जब सेन्टरहरुले विभिन्न स्थानमा जब प्लेसमेन्ट कम्पनिहरु दर्ता गर्ने र उक्त कम्पनिहरुले सामाजिक सञ्जाल,पत्रपत्रिका , प्रचारपम्पलेट का माध्यमबाट घरमै बसी जागिर मिल्छ भनि प्रचारप्रसार गर्ने तथा जागिरका लागि उक्त जब सेन्टरको सम्पर्कमा आउने व्यक्तिहरुलाई फारम भर्ने बहानामा रु ३०० देखी रु ५०० सम्म फारम चार्ज तथा १०००।– देखि ६०००।– सम्म जब ग्यारेन्टि शुल्क लिने गरेको पाईएको ।
फारम भर्ने व्यक्तिहरुलाई विज्ञापनमा उल्लेखित शर्त बमोजिमको काममा नलगाउने तथा जागिरमा लगाई हाले पनि तोकिए बमोजिम तलब र सुबिधा नदिई केहि समयमानै उक्त जागिर छोड्न बाध्य बनाउने गरेको पाईएको ।
कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईको जागिर पक्का भईसकेको छ भनि एक जब सेन्टरबाट अर्को जब सेन्टरमा पठाई त्यहाँ समेत फारम शुल्क असुल्ने गरेको पाईएको ।
पक्राउ परेकालाई आवश्यक कारबाहीका लागि नयाँ बानेश्वर वृत्त र बालाजु वृत्तमा पठाइएको महाशाखाले जनाएको छ।