फागुन २३ काठमाडौ – सामाजिक संजाल फेसबुकमा नाबालिककाे अश्लील फाेटाे र युटुव मार्फत पीडितको चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ।

फेसबुक मार्फत नाबालिककाे अश्लील फाेटाे सहित स्टाटस सार्वजनिक गरि चरित्र हत्या गरेको आराेपमा ललितपुर उपमहानगरपालिका -२१ बस्ने दिपु भनिने २९ वर्षिय विकास महर्जन र सेलेब नेपाल नामको युट्युब च्यानल मार्फत पीडितको मानमर्दन र चरित्र हत्या गर्ने उद्देश्यले समाचार सम्प्रेषण गरेको आरोपमा गुल्मीका २१ वर्षीय राहुल थापालाई पक्राउ गरिएको नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत साइबर ब्युरोले जनाएको छ।

उनिहरु विद्युतिय काराेबार ऐन २०६३ अन्तर्गतको कसुर गरेकाे ठहर गर्दै दुवै जनालाई आइतबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नवीन अर्यालले बताए।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार